उपेन्द्र यादव सप्तरी-२ बाट निर्वाचन लड्ने


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

Upendra Yadav

सप्तरी, ८ कात्तिक । अन्ततः विभिन्न अड्कलबाजीका बाबजुद संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आप्mनो जन्मथलो सप्तरीबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिने भएका छन् ।

संघिय समाजवादी फोरम नेपाल २ नम्बर प्रदेशका मुख्यसचिव शम्भु झाले अध्यक्ष उपेन्द्र यादव सप्तरी २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका लागी उम्मेदवार हुनुहुने जानकारी दिनुभएको हो ।

सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता गाउपालिका, महदेवा गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका पर्दछन् । सप्तरी २ नम्बर क्षेत्रमा झण्डै ८६ हजार मतदाता रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Upendra Yadav

पहिलो र दोश्रो संविधान सभामा मोरंग र सुनसरीबाट चुनाव लडेका अध्यक्ष यादवले पहिलो संविधान सभामा मोरंग र सुनसरीको दुबै क्षेत्रबाट विजय प्राप्त गरेका थिए तर, २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट मात्र विजय प्राप्त गर्न सफल भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणासँगै अध्यक्ष यादव कहाँबाट निर्वाचनमा उठ्ने चर्चा परिचर्चा शूरु भएको थियो ।

उनलाई २ नम्बर प्रदेशको पर्सा, सिरहा र सप्तरी तथा प्रदेश नम्बर १ को मोरंग र सुनसरीबाट प्रतिनिधी सभाका लागी जिल्लाका नेता तथा कार्यकर्ताले उ्रम्मेदवारी दिन सिफारिस तथा आग्रह समेत गरेका थिए । तर, अध्यक्ष यादव सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा हिजो मात्र सप्तरीको क्षेत्र नम्बर २ बाट निर्वाचन लडने निधो गरेका हुन् ।

सप्तरी २ नम्बर क्षेत्रको प्रदेशसभा २ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने पनि निश्चित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com