मेलम्चीः १० प्रतिशत पाइप बिछ्याउन बाँकी


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

राजधानीका मुख्य र भित्री सडकमा मेलम्ची खानेपानीको पाइप बिछ्याउने अन्तिम काम यसै हप्ताबाट पुन: थालिने अधिकारीहरुले बताएका छन्।

झण्डै ९० प्रतिशत पाइप बिछ्याउने काम सकिएको बताउने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले अबको तीन महिनामा बाँकी काम सम्पन्न गर्ने जनाएको छ।

तर पाइप लाइन बिछ्याउने भएपछि मानिसहरुले फेरि धुलोको समस्या झेल्नुपर्ने देखिन्छ।

नयाँ बानेश्वर, माइतीघर, जावलाखेल जस्ता मुख्य सडक तथा अन्य भित्री सडकमा छठ सकिए लगत्तै सडक खनेर पाइप बिछ्याइने निर्देशनालयले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिन्ता

कुल ७३० किमी लम्बाईमा पाइप बिछ्याउनुपर्नेमा अब १० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक तिरेश खत्रीले बताए।

उनले भने, “अब ७० किमी पाइप बिछ्याउन बाँकी छ। त्यसमा ५ किमीसम्म एकदम व्यस्त सडक पर्दछ। बाँकी भित्री सडकहरु हुन्।”

सो अवधिमा धुलोको समस्या खेप्नुपर्ने भन्दै राजधानीवासीले चिन्ता व्यक्त गरिरहेका छन्।

पाइप

यसअघि पाइप बिछ्याउने क्रममा खनेको ६७० किमी सडक धुलाम्मे हुँदा राजधानीमा बस्ने लाखौंले महिनौंसम्म सडकको अस्तव्यस्त अवस्थाको सामना गरेका थिए।

विगतमा धुलो कम गर्न अस्थायी रुपमा सडक कालोपत्रे गर्नुका साथै सडकमा पानी छर्कने काम गरिएपनि त्यो प्रभावकारी हुन सकेको देखिएको थिएन।

यसपालि धुलो नियन्त्रणका लागि योजना बनाइएको निर्देशक खत्री बताउँछन्।

परीक्षण

उनी भन्छन्, “हामीले काठमाण्डू महानगरपालिका र सडक विभागसँग मिलेर काम गरिरहेका छौँ। अस्थायी रुपमा सडक कालोपत्रे गर्ने काम पनि हुन्छ। धुलो नउड्ने हिसाबले जति खनेको क्षेत्रलाई सम्हाल्नेछौँ।”

५८ किमी सडक मर्मतको जिम्मा लिएको सडक विभागका वरिष्ठ डिभिजन इन्जिनियर रमेश कुमारसिंह भन्छन्, “मेलम्चीले पाइप बिछ्याएपछि हामीले ग्राभेल हाल्ने काम गर्छौं। गाभ्रेल हुनासाथ धुलो घट्छ। त्यसपछि हामी पीचको काम गर्छौं। मेलम्चीको पानीको भार थेग्ने परीक्षण नभएसम्म सडक त्यहीं अवस्थामा रहन्छ।”

पटक-पटक मिति सर्दै आएको मेलम्चीको पानी काठमाण्डू आइपुग्ने अर्को तिथि ६ महिनापछि राखिएको छ।

पानी झरेपछि मात्र पाइपले पानीको भार थेग्ने वा नथेग्ने परीक्षण तथा पाइपको सफाइ गरिने भएकोले त्यसका लागि कम्तीमा तीन महिना लाग्ने बताइएको छ।

त्यसैले नियमित काम भएमा पनि राजधानीको सडक ९ महिना अगाडि स्थायी रुपमा बन्ने देखिंदैन।

काठमाण्डूपछि भक्तपुर र कीर्तिपुरमा पाइप बिछ्याउने काम थालिने आयोजना निर्देशनालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com