मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ ।
सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।
मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ । यसले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।
सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ । जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय सोमबार खुलेका छैनन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
मौसम विज्ञान विभागले सुरक्षित स्थानमा बस्न र घरबाट बाहिर ननिस्कन भनेको छ । ती क्षेत्रमा हवाई उड्डयनहरु पनि स्थगित गरिएका छन् ।
कतिपय स्थानीय नगरहरुमा उद्धारका लागि पनि सूचना जारी गरिएको छ । आँधीको असर राजधानी टोकियोमा पनि पर्नसक्ने भनी सतर्कता अपनाउन भनिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।