‘प्योङयाङसामु दृढ रुपमा प्रस्तुत हुनेछु’


प्रकाशित मिति : कार्तिक ६, २०७४ सोमबार

जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियासामु ‘दृढ रुपमा’ प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गरेका छन्।

मतदानपछिको मत सर्वेक्षणहरु (एक्जिट पोल) ले निर्धारित समयअगावै गराइएको आमचुनावमा आबेले स्पष्ट जित हासिल गरेको देखाएपछि उनको पछिल्लो भनाई सार्वजनिक भएको हो।

मुलुकले कैयौँ ‘संकट’को सामना गरिरहेको बेला थप जनादेश लिनका लागि आफूले निर्धारित समयअगावै आमचुनाव गराएको प्रधानमन्त्रीले बताएका छन्।

तीमध्ये उत्तर कोरियाबाट बढ्दो खतरा एक हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाली “चेतावनी”बारे ट्रम्प-आबे संवाद

प्रयास

प्रारम्भिक मत सर्वेक्षणहरुले प्रधानमन्त्री आबेले दुई तिहाई मत सुरक्षित गरेको देखाएका छन्।

योसँगै उनी विश्वयुद्धयताकै सबैभन्दा लामो कार्यकाल सत्तामा रहने जापानी प्रधानमन्त्री बन्नेछन्।

मतदान

आबेले आफ्नो चौथो कार्यकाल जापानी संविधानको धारा ९ लाई खारेज गर्ने प्रयासमा बिताउने बताएका छन्।

उक्त धाराले जापानलाई शान्तिप्रेमी राष्ट्रका रुपमा परिभाषित गर्दै आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जानबाट रोकेको छ।

तत्काल

त्यसका लागि आफूले सक्दो धेरै मानिसको समर्थन जुटाउने प्रयत्न गर्ने उनले बताएका छन्

आफ्नो लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले ३१२ सीट ल्याएको एक्जिट पोलले देखाएपछि आबेले भने, “मैले चुनावकै बेला वाचा गरेको थिएँ कि अब मैले गर्नुपर्ने काम भनेको उत्तर कोरियासामु दृढ रुपमा प्रस्तुत हुनु हो, त्यसका लागि सशक्त कूटनीति आवश्यक हुन्छ। ”

उत्तर कोरियाले हालसालै जापानको हकाइदो टापुको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् र अमेरिकासहितका मुलुकको प्रतिबन्धका बावजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिंदै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com