केनेडीको हत्याबारे नयाँ तथ्य बाहिर आउला?


प्रकाशित मिति : कार्तिक ५, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्व राष्ट्रपति जन एफ केनेडीको हत्यासम्बन्धी हालसम्म गोप्य राखिएका हजारौं दस्तावेजहरु सार्वजनिक गर्न अनुमति दिने बताएका छन्।

ट्रम्पले अनुमति दिए ५० वर्षभन्दा बढी समय पहिले टेक्ससको डालसमा गोली हानी केनेडीको हत्या गरिएको विषयमा थप तथ्यहरु प्रकाशमा आउने अपेक्षा गरिएको छ।

राष्ट्रपति ट्रम्पले थप जानकारी होस् भनेर पूर्व राष्ट्रपति केनेडीको हत्यासम्बन्धी दस्तावेजहरु खोल्न आफूले अनुमति दिने बताएका छन्।

इतिहासविद्हरु र षड्यन्त्र भएको भनी विश्वास गर्दै आएकाहरुले केनेडीको हत्याबारे धेरै नयाँ सामाग्री पाउनसक्ने ठानिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निशानेबाज

केनेडीको हत्यासम्बन्धी दस्तावेजहरु अक्टोबर २६ तारिखमा सार्वजनिक गर्ने अमेरिकी राष्ट्रिय अभिलेखालयको योजना छ।

यद्यपि ती दस्तावेजहरु अझै गोप्य राख्ने वा नराख्ने अधिकार राष्ट्रपतिमा निहित छ।

सन् १९६३ को नोभेम्बर महिनामा एकजना निशानेबाजले गोली हानी केनेडीको हत्या गरेका थिए।

अमेरिकी राष्ट्रिय अभिलेखालयले केनेडीको हत्यासम्बन्धी अधिकांश दस्तावेजहरु यसअघि नै सार्वजनिक गरिसकेको छ तर हत्यासम्बन्धी तीन हजारभन्दा बढी अन्तिम दस्तावेजहरु खोल्न बाँकी छ।

यसअघि सम्पादन गरी ३० हजारभन्दा बढी दस्तावेजहरु सार्वजनिक भइसकेका छन्।

रहस्योद्घाटन

आफ्नो योजनाबारे राष्ट्रपति ट्रम्पले ट्वीट गरेका छन्, “थप जानकारी होस् भनेर राष्ट्रपतिको हैसियतमा मैले लामो समयदेखि रोकेर राखिएका केनेडीका हत्यासम्बन्धी गोप्य दस्तावेजहरु सार्वजनिक गर्ने अनुमति दिनेछु।”

यद्यपि ट्रम्पले जस्ताको तस्तो वा सम्पादन गरेर गोप्य दस्तावेजहरु सार्वजनिक गर्ने अनुमति दिनेछन् भनी स्पष्ट भइसकेको छैन।

सन् १९९२ मा अमेरिकी कंग्रेसले राष्ट्रिय सुरक्षामा असर नपर्ने भन्दै राष्ट्रपतिले निर्णय गरेको खण्डमा केनेडीको हत्यासम्बन्धी सम्पूर्ण दस्तावेजहरु २५ वर्षभित्र सार्वजनिक गर्न भनेको थियो।

केनेडी

वाशिङटन पोस्टमा प्रकाशित एउटा रिपोर्ट अनुसार विज्ञहरुले केनेडीको हत्यासम्बन्धी अन्तिम दस्तावेजहरुबाट कुनै रहस्योद्घाटन हुनेमा आशंका व्यक्त गरेका छन्।

तर हत्या गर्नु केही महिनाअघि निशानेबाज ली हार्भी ओस्वाल्डले मेक्सिको सिटीमा गरेका गतिविधिबारे थाहा हुनसक्ने ठानिएको छ।

षड्यन्त्रपूर्ण

हत्या भएकै दिन ओस्वाल्डलाई डालसमा पक्राउ गरिएको थियो र उनीमाथि राष्ट्रपतिको हत्या गरेको आरोप लगाइएको थियो।

तर हार्भीले उक्त आरोप अस्वीकार गर्दै आफू एउटा ‘माध्यम’ मात्रै भएको दाबी गरेका थिए।

थुनामा रहेकै बेला रात्रीक्लबका मालिक ज्याब रुबीले गोली हानी हार्भीको हत्या गरे।

र, केनेडीको हत्यासम्बन्धी योजना अमेरिकी इतिहासमै सबैभन्दा षड्यन्त्रपूर्ण घटनाको रुपमा दर्ज हुन पुग्यो।

केनेडीमाथि पुस्तक लेखेका युनिभर्सिटी अफ भर्जिनिया सेन्टर फर पोलिटिक्सका निर्देशक ल्यारी साबाटो भन्दछन्, “अमेरिकीहरुले हत्यासम्बन्धी तथ्यबारे थाहा पाउनुपर्छ अथवा कम्तीमा सरकारले अहिलेसम्म के कुरा लुकाएर राखेको छ त्यो जान्न पाउनुपर्छ।”

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com