ट्रम्प असंवेदनशील- सैनिककी आमा


प्रकाशित मिति : कार्तिक ३, २०७४ शुक्रबार

अमेरिका, डोनल्ड ट्रम्पडेभिड जनसनकी श्रीमति मायमी अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना श्रीमानको शवपेटिकामा भक्कानिँदै।

निजेरमा एउटा सैन्य कारबाहीका क्रममा मारिएका सैनिककी श्रीमतिप्रति राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्ति गहिरो विवादमा परेको छ।

दिवंगत सैनिक डेभिड जनसनकी आमाले डेमोक्र्याट सांसद फ्रेडेरिका विलसनको टिप्पणी उल्लेख गर्दै ट्रम्पले विधवाप्रति कम सम्मान देखाएको बताइन्।

ट्रम्पले भने विलसनको आरोप पूर्ण रुपमा बनावटी भएको प्रमाण आफूसँग रहेको बताए।

आलोचना

सैनिक डेभिड जनसन यसै महिना इस्लामवादी लडाकुबाट निजेरमा मारिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर ४ मा भएको उक्त घटनापछि ती सैनिकका परिवारलाई सम्पर्क नगरेको भन्दै यसअघि नै ट्रम्पको चर्को आलोचना भइसकेको छ।

ट्रम्पले ती ‍सैनिककी श्रीमतिलाई उनका श्रीमानले केमा हस्ताक्षर गरेका थिए भन्ने कुरा आफूले नबोलेको बताए।

यसैबीच डेमोक्रेटिकतर्फकी सांसद विलसनले ट्रम्पले ती सैनिककी विधवाप्रति संवेदनशीलता नदेखाएको बताएकी हुन्।

फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने विलसनले सैनिकको शब रहेको बाकस मायमीमा आइपुग्नु अघि राष्ट्रपतिले उनको घरमा फोन गरेको बताइन्।

अमेरिका, डोनल्ड ट्रम्प

अनादर

उनले राष्ट्रपतिले जे भने त्यो फोन संवादमा भन्न सकिने तर त्यही कुरा वियोगमा रहेकी एकजना विधवालाई भन्न नहुने बताइन्।

विलसनको यस्तो भनाईपछि ती सैनिककी आमाले त्यसलाई दोहोर्याउँदै राष्ट्रपति संवेदनशील नभएको बताएकी हुन्।

वासिङ्टन पोष्ट पत्रिकासँग बोल्दै उनले आफ्नो छोरा, छोरी, आफू र आफ्ना श्रीमानप्रति ट्रम्पले अनादर गरेको बताएकी हुन्।

एउटा छुट्टै घटनामा ट्रम्पले सैनिक छोरो मारिएपछि वियोगमा रहेका पितालाई फोनमा पैसा दिने प्रस्ताव राखेको र पछि नदिएको घटना पनि सार्वजनिक भएको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com