भेनेजुएलामा अमेरिकी हस्तक्षेपपछि बोल्यो नेपाल, संयमता अपनाउन सबै पक्षलाई आग्रह


प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार

नेपाल सरकारले भेनेजुएलामा विकसित हालैका राजनीतिक तथा सुरक्षा सम्बन्धी घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरेको हो । 

विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता तथा राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तप्रति पूर्ण सम्मान हुनुपर्ने कुरामा जोड दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा यी आधारभूत मान्यताहरूको पालना शान्ति, स्थायित्व र सहअस्तित्वका लागि अपरिहार्य रहेको मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्वलाई जोड दिन्छ ।’

नेपालले भेनेजुएलामा देखिएका मतभेद तथा विवादहरूलाई संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण ढङ्गले समाधान गरिनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ । समस्याको समाधानका लागि वार्ता र कूटनीतिक माध्यम नै दिगो र प्रभावकारी विकल्प हुने भन्दै नेपालले सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आह्वान गरेको छ । 

अमेरिकी सेनाले गत शनिवार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई पक्राउ गरेर न्यूयोर्क पु¥याएको थियो । मादुरो सोमबार पहिलो पटक न्यूयोर्कको अदालतमा उपस्थित भएका थिए । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खुट्टामा साङ्लो बाँधिएको अवस्थामा इजलासमा प्रवेश गरेका मादुरोले आफूलाई अमेरिकी सेनाले “अपहरण” गरेको दाबी गर्दै आफू एक “युद्ध बन्दी” भएको बताएका थिए । उनले न्यायाधीश एल्भिन हेलस्र्टाइनको अगाडि आफूलाई जनवरी ३ मा भेनेजुएलाको काराकासस्थित आफ्नै निवासबाट जबरजस्ती कब्जामा लिइएको बयान दिएका थिए । मादुरोमाथि अमेरिकामा नार्को–आतङ्कवादसहित चार वटा आपराधिक अभियोग लगाइएको छ। 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com