दक्षिण कोरियामा अहिलेसम्मकै शक्तिशाली भूकम्प गएको योन्हाप न्युज एजेन्सीले जनाएको छ। सोमबार दक्षिण कोरियाको दक्षिणपूर्वी शहरमा पहिलो ५.१ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र यसको करिब एक घण्टाको अन्तरमा सोही क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ।
स्थानीय समयअनुसार सोमबार साँझ करिब ८:३० बजे गएको भूकम्पको केन्द्र विन्दु गेएङजु सहरमा रहेको छ। भूकम्पबाट आत्तिएका कोरियालीहरू घर तथा कार्यस्थलबाट खुला ठाउँतिर दौडिएका दृश्यहरू स्थानीय समाचार माध्ययमले देखाएका थिए।
तर, अमेरिकी भूगर्भ विभाग यूएसजीएस ले सुरुको धक्का ४.९ म्याग्निच्युडको भएको र पछिल्लो ५.४ म्याग्निच्युडको भएको जनाएको छ। भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विस्तृत विवरण आइनसकेको बताइएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।