क्याम्प पेन्डलटनमा प्रशिक्षणको क्रममा सवारी दुर्घटना हुँदा एक अमेरिकी मरीनको मृत्यु


प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार

अमेरिकाको साउदर्न क्यालिफोर्नियामा प्रशिक्षण अभ्यासको क्रममा एक अमेरिकी मरीनको निधन भएको छ । मरीन कर्प्सका अनुसार स्थानीय समयअनुसार बुधबार दिउँसो क्याम्प पेन्डलटनमा दैनिक प्रशिक्षणको क्रममा ट्याक्टिकल भेइकल दुर्घटनामा परी मरीनको मृत्यु भएको हे । उनी एक्सपेडिशनरी फोर्समा आबद्ध थिए ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । यस्तै, पीडितको पहिचान परिवारलाई सूचित गरिएको २४ घण्टापछि मात्र सार्वजनिक गरिनेछ।

सान डिएगो यूनियन(ट्रिब्युनका अनुसार डिसेम्बर ३ मा क्याम्प पेन्डलटनको मरीन एक्सपेडिशनरी फोर्सको नेतृत्वमा क्यालिफोर्निया र एरिजोनाका हजारौं मरीन सहभागी भएर दुई हप्ते ठूलो प्रशिक्षण अभ्यास सुरु भएको थियो। मृतक मरीनले उक्त अभ्यासमा भाग लिएका थिए कि थिएनन् भन्ने हालसम्म स्पष्ट छैन।

क्याम्प पेन्डलटन सान डिएगोबाट करिब ४० माइल उत्तरमा अवस्थित छ। यो घटना करिब दुई वर्षअघि त्यही सैनिक अड्डामा भएको अर्को दुर्घटनासँग मेल खान्छ, जहाँ अर्को अमेरिकी मरीनको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। सो बेला एन्फिबियस कम्याट भेइकल पल्टिँदा दुर्घटना भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com