इराकी फौज किर्कुक प्रवेश गरेपछि संयमित रहन अमेरिकाको आह्वान


प्रकाशित मिति : आश्विन ३१, २०७४ मंगलबार

किरकुक, इराक, अमेरिका, नियन्त्रण
इराकको संघीय प्रहरी विवादित किरकुक शहर प्रवेश गर्दै।

इराकको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएपछि अमेरिकी विदेश मन्त्रालयले शान्त हुन आह्वान गरेको छ।

विदेशमन्त्रालयकी प्रवक्ताले थप झडपहरु नगर्न सबै पक्षलाई आह्वान गरेकी छन्।

उनले तथाकथित इस्लामिक स्टेट समूहलाई हराउन अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले एउटा महत्वपूर्ण उद्देश्यलाई विचलित पारेको बताइन्।

फिर्ता

इराकको सरकार फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टा नपुग्दै किर्कुकको विवादास्पद सहरलाई कुर्दिस लडाकुहरुको नियन्त्रणबाट फिर्ता लिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बख्तरबन्द गाडी सहरको केन्द्रमा प्रवेश गरेको छ र त्यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकी झण्डा गाडिएको छ।

हजारौं सर्वसाधारणहरु त्यहाँबाट अन्यत्र गइसकेका छन्।

किरकुक, इराक, अमेरिका, नियन्त्रण

वार्ता

पहिला सरकारी र कुर्द फौजलाई समर्थन गरिरहेको अमेरिकी सेनाले आफ्ना मतभेदहरुलाई वार्ताको माध्यमले समाधान गर्न पटकपटक आह्वान गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कुनै पक्ष नलिएको ह्वाइट हाउसमा सञ्चारकर्मीहरुलाई बताउँदै आएका छन्।

कुर्दले स्वतन्त्रताको पक्षमा जनमतसंग्रह गरेको हप्तौंपछि इराकी सेना किर्कुकको विवादास्पद क्षेत्र प्रवेश गरेको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com