सोमालिया: बम विस्फोटमा ‘कम्तीमा २३० को मृत्यु’


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

सोमालियाको राजधानी मोगादिशुमा शनिवार भएको बम आक्रमणमा मारिने मानिसको संख्या लगातार बढिरहेको छ।

अधिकारीहरुले बम आक्रमणमा कम्तीमा २३० जना मारिएको जनाएका छन्।

अन्य सयौं घाइते भएका छन्।

स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या बढ्न सक्ने जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण भएको प्रष्ट भएको संवाददाताहरुको भनाइ छ।

अकल्पनीय

एउटा मुख्य सडकमा भएको भयानक बम विस्फोटमा सवारी साधनका साथै होटल, सरकारी भवन र रेष्टुराँ लगायतका भवन ध्वस्त भएका थिए।

त्यहाँस्थित एउटा अस्पतालका निर्देशक मोहम्मद युशुफ हसनले भने, “शनिवार जे भयो त्यो अकल्पनीय थियो। मैले यसअघि यस्तो कहिल्यै देखेको थिइन। असंख्य मानिसले ज्यान गुमाए। लाशहरु नचिनिने गरी डढेका छन्।”

आक्रमणतस्वीर 

घटना कसले गराएको हो भन्ने अझै प्रष्ट भएको छैन।

सोमालियाका राष्ट्रपतिले तीन दिने शोक घोषणा गरेका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com