विश्वकै कान्छो नेता बन्दै अष्ट्रियाका ३१ वर्षीय कुर्ट्स


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

आइतबारको आम चुनावको जितपछि अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीका प्रमुख जेबास्टियन कुर्ट्स विश्वकै सबैभन्दा कान्छा नेता हुन लागेका हुन्।

३१ वर्षीय कुर्ट्सको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ।

कुर्ट्सले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन्।

बाचा

भियनास्थित बिबीसी संवाददाताले भनेका छन्, पूर्व विदेशमन्त्री रहेका कुर्ट्सले शिथिल भइसकेको कन्जरभेटिभ पिपल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पूनर्जीवन दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए।

चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग गठबन्धन गर्लान् कि नगर्लान् भन्ने स्पष्ट भइसकेको छैन।

अस्ट्रिया, कान्छा नेता, कन्जरभेटिभ पिपल्स पार्टीफ्रिडम पार्टीका नेताले कुर्ट्सले आफ्ना नीतिहरु चोरेको भन्ने आरोप लगाएका छन्।

धन्यवाद

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै कुर्ट्सले भने, “यो देशमा परिवर्तन ल्याउने समय भएको छ। देशमा परिवर्तन ल्याउन आज हामीलाई ठूलो निर्देशन आएको छ। र, यो सम्भव बनाएकोमा म तपाईँहरु सबैलाई धन्यवाद दिन चाहन्छु।”

मत सर्वेक्षणहरुले पिपल्स पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएका छन्।

दोस्रो स्थानमा सोसियल डेमोक्र्याट्स आउँछ वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी आउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com