रूसी नागरिकका लागि भिसा नियम कडा बनाउने युरोपेली संघको तयारी, अब बहु-प्रवेश भिसा बन्द !


प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार

युरोपेली संघ (ईयू) ले रूसी नागरिकहरूका लागि भिसा नियमहरू अझ कडा बनाउन तयारी गरेको छ । अब अधिकांश रूसी नागरिकहरूले बहु–प्रवेश शेन्जेन भिसा पाउने सम्भावना समाप्त हुने भएको हो । यो निर्णयले युक्रेनमाथिको युद्धका कारण मस्कोलाई थप दबाबमा पार्ने उद्देश्य राखेको बताइएको छ।

नयाँ नियमअनुसार रूसी नागरिकहरूले सामान्यतया एक पटक मात्र प्रवेश गर्न पाउने भिसा प्राप्त गर्नेछन्। मानवीय कारणका लागि भने केही अपवादहरू रहनेछन्। युरोपेली संघको नागरिकता पनि भएका रूसीहरू भने यसबाट प्रभावित हुने छैनन्।

ईयूले यसअघि नै २०२२ को अन्त्यतिर रूससँगको भिसा सुविधा सम्झौता निलम्बन गरेको थियो, जसले रूसीहरूका लागि भिसा प्रक्रिया कठिन र महँगो बनाएको थियो। केही सदस्य राष्ट्रहरू (जस्तैः लाट्भिया, लिथुआनिया र एस्टोनिया)ले रूसी नागरिकहरूलाई आफ्नो भूमिमा प्रवेश नै प्रतिबन्ध लगाइसकेका छन्।

युरोपेली संघको तथ्यांकअनुसार सन् २०२४ मा पाँच लाखभन्दा बढी रूसी नागरिकहरूले शेन्जेन भिसा प्राप्त गरेका छन्, जुन २०२३ को तुलनामा वृद्धि भए पनि युद्धपूर्व सन् २०१९ को चार मिलियन भिसाको तुलनामा निकै कम हो। हाल हङ्गेरी, फ्रान्स, स्पेन र इटालीजस्ता देशहरूले अझै पनि रूसी नागरिकहरूलाई पर्यटक भिसा दिने क्रम जारी राखेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ईयूका अधिकारीहरूका अनुसार नयाँ र कडा नियमहरू यसै सातादेखि लागू हुने अपेक्षा गरिएको छ। यससँगै, १९औँ चरणको प्रतिबन्ध प्याकेजअन्तर्गत ईयूले रूसी कूटनीतिज्ञहरूको यात्रा पनि सीमित गर्ने तयारी गरेको छ। अबदेखि उनीहरूले शेन्जेन क्षेत्रमा यात्रा गर्नुअघि सम्बन्धित देशहरूलाई जानकारी दिनुपर्नेछ।

युरोपेली संघले आगामी महिनामा नयाँ ईयू–व्यापी भिसा रणनीति पनि सार्वजनिक गर्ने योजना बनाएको छ । जसअन्तर्गत सदस्य राष्ट्रहरूलाई शत्रुतापूर्ण देशहरूविरुद्ध कडा भिसा नीति अपनाउन र रूसी नागरिकहरूका लागि कडा मापदण्ड लागू गर्न सिफारिस गरिने जनाइएकोे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com