के अष्ट्रियाले विश्वकै कान्छो नेता पाउला?


प्रकाशित मिति : आश्विन २९, २०७४ आईतबार

नेताआप्रवासनप्रति कडा नीति लिने बताएका कारण ३१ वर्षीय कुर्ट्सले बढी समर्थन पाइरहेका छन्

युरोपेली मुलुक अष्ट्रियाका मतदाताले आज आमनिर्वाचन अन्तर्गत मतदान गर्दैछन्।

मत सर्वेक्षणहरुले कन्जरभेटिभ पिपल्स पार्टीका नेता एवं वर्तमान विदेशमन्त्री जेबास्टियन कुर्ट्सलाई अग्रस्थानमा देखाएका छन् भने चरम दक्षिणपन्थी फ्रीडम पार्टी र सोसल डेमोक्रेट्सबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुने देखिन्छ।

भावी गठबन्धन सरकारमा चरम दक्षिणपन्थी दल सरकारमा सामेल हुने उत्कृष्ठ अवसर भएको बताइएको छ।

बीबीसीका एकजना संवाददाताका अनुसार मत सर्वेक्षणहरु सही साबित भए अष्ट्रियामा ठूलो राजनीतिक परिवर्तन देखिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समर्थन

एक दशकभन्दा लामो समयदेखि त्यहाँ सोसल डेमोक्रेट्सले पिपल्स पार्टीसँगको गठबन्धनको नेतृत्व गर्दै आएको छ।

तर अब मतदाताहरुको झुकाव दक्षिणपन्थीहरुतर्फ सरेको देखिन्छ।

अष्ट्रियाहाइन्ट क्रिस्टियन स्टार्खाले कुर्ट्सले आफ्ना नीतिहरु चोरेको आरोप लगाएका छन्

आप्रवासनप्रति कडा नीति लिने बताएका कारण ३१ वर्षीय कुर्ट्सले बढी समर्थन पाइरहेका छन्।

मत सर्वेक्षणहरुका अनुसार चुनावमा उनको पार्टीले पहिलो स्थान हासिल गर्नेछ।

कीर्तिमान

दोस्रो स्थानका लागि सोसल डेमोक्रेट्ससँग प्रतिस्पर्धा गर्ने चरम दक्षिणपन्थी फ्रीडम पार्टीले कन्जरभेटिभहरुसँग गठबन्धन गर्नसक्छ।

गत वर्षको राष्ट्रपतीय चुनावमा फ्रीडम पार्टीका उम्मेदवार झिनो मत अन्तरले पराजित भएका थिए।

गत मे महिनामा पिपल्स पार्टीका नेता चयन भएका कुर्ट्सले शरणार्थीहरु युरोप पुग्ने बाटोहरु बन्द गर्ने र शरणार्थीलाई दिइने सुविधाहरुमा कटौती गर्ने बताउँदै आएका छन्।

मत सर्वेक्षणहरुले देखाएअनुसार आमचुनावमा कुर्ट्सको पार्टी विजयी भए उनी विश्वकै कान्छो सरकार प्रमुख हुनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com