अष्ट्रेलियाले डिपोर्ट गरिएका आप्रवासीहरूलाई तेस्रो देश पठायो, अधिकारकर्मीद्वारा आलोचना


प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार

फोटो : डेविड ग्रे / एएफपी

अष्ट्रेलियाले विदेशी बन्दीहरूलाई साना प्यासिफिक टापु राष्ट्र नौरुमा पठाउन थालेको छ। जसले उक्त राष्ट्रसँग गरिएको विवादास्पद सम्झौताको प्रारम्भ भएको संकेत गरेको छ। गृह मन्त्री टोनी बर्कले पहिलो समूहलाई नौरु पठाइएको पुष्टि गरेका छन्, तर कति जना पठाइए भन्ने विवरण सार्वजनिक गरिएको छैन।

यो सम्झौता अष्ट्रेलियाको सर्वोच्च अदालतले करिब ३५८ जनालाई अनिश्चितकालसम्म हिरासतमा राख्नु असंवैधानिक भएको ठहर गरेपछि गरिएको हो। तीमध्ये धेरैजसोले आपराधिक क्रियाकलापका कारण अष्ट्रेलियामा सजाय भोगिसकेका थिए।

मानवअधिकार समूहहरूले करिब १.२३ बिलियन अमेरिकी डलर खर्च हुने यस योजनाको तीव्र आलोचना गरेका छन्। उनीहरूले यो अष्ट्रेलियाको मानवअधिकार प्रतिबद्धताविपरीत भएको दाबी गरेका छन्।

अष्ट्रेलियाली सरकारले ‘एनजेडवाईक्यू कोहोर्ट’ अपराधिक समूहबारे विवरण सार्वजनिक गर्न अस्वीकार गरेको छ। “यो योजना सुरुदेखि नै गोप्य रूपमा अघि बढाइएको छ,” सरकारले भनेको छ। ‘एनजेडवाईक्यू कोहोर्ट’ शब्द २०२३ को अष्ट्रेलियाली उच्च अदालतको ऐतिहासिक फैसलापछि स्वतन्त्र गराइएका बन्दीहरूलाई जनाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त फैसलाले सरकारको अनिश्चितकालसम्म आप्रवासीहरूलाई हिरासतमा राख्ने अधिकार असंवैधानिक हुने ठहर गरेको थियो। तीमध्ये धेरैजसोले आक्रमण, लागूपदार्थ तस्करी र हत्या जस्ता गम्भीर अपराध गरेका थिए। यस्तै कारणले उनीहरूको भिसा रद्द गरिएको थियो।

तर अष्ट्रेलियाले उनीहरूलाई आफ्नै देश फर्काउन सकेन। केहीले उत्पीडनको डर देखाए भने, केहीलाई उनीहरूको मातृदेशले स्वीकार्न अस्वीकार गर्‍यो। सरकारले ती व्यक्तिहरूलाई समुदायमा बस्न दिने वा तेस्रो देशमा पठाउने विकल्पबीच छलफल चलाएको थियो।

प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले गत वर्ष आप्रवासन ऐन संशोधन गरी गैर-नागरिकलाई देश निकाला गर्ने अधिकार बढाएको थियो, जसलाई आलोचकहरूले “क्रूर कदम” समेत भनेका छन्।

नौरुसँग गरिएको सम्झौताअनुसार निर्वासितहरूलाई ३० वर्षको भिसा दिइने छ, जसले उनीहरूलाई टापुको १२,५०० जनसंख्याबीच बस्न र काम गर्न अनुमति दिन्छ। पहिलो समूह पठाइएपछि नौरु सरकारलाई ४०८ मिलियन अष्ट्रेलियन डलर अग्रिम रूपमा प्रदान गरिएको छ। तर यसबाहेक सम्झौताको विस्तृत विवरण अझै गोप्य राखिएको छ।

यो सम्झौता अष्ट्रेलियाको नौरुस्थित “अफशोर प्रोसेसिङ” प्रणालीभन्दा फरक छ। त्यो प्रणालीलाई बन्दीहरूमाथिको अमानवीय व्यवहारका कारण अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भएपछि घटाइएको थियो। सम्झौता र विवरण गोप्य राखिएको आरोप लागे पनि सरकारले भने योजना कानुनी र “मानवीय मापदण्डअनुसार” भएको दाबी गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com