एनआरएनए सम्मेलन काठमाडौंमा सुरु


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन  उद्घाटन गरेकी छन् ।

सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार  बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्मेलनअन्तर्गत भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com