अँग्रेजी नजान्नेलाई अमेरिकी नागरिकता नदिने सांसदको प्रस्ताव, छुट खारेज गर्ने बिल


प्रकाशित मिति : भाद्र ३०, २०८२ मंगलबार

अमेरिकी संसदमा रिपब्लिकन पार्टीका सांसदले अहिलेको भाषिक छुट खारेज गरी अँग्रेजी नजान्नेलाई अमेरिकी नागरिकता नदिने नयाँ प्रस्ताव ल्याएका छन्, जसअनुसार अंग्रेजी भाषामा कमजोर रहेका मानिसहरूले अमेरिकी नागरिकताको परीक्षा दिन नपाउन सक्छन्। फ्लोरिडाका सांसद र्‍यान्डी फाइनले नागरिकता परीक्षा पूर्ण रूपमा अंग्रेजीमै दिनुपर्ने व्यवस्थासहितको बिल ल्याउने तयारी गरिरहेको जनाइएको छ ।

हाल अमेरिकी नागरिकताको परीक्षाका धेरै भागहरू अंग्रेजीमै मात्र हुन्छन्, तर सिभिक टेस्ट भने अन्य भाषामा पनि दिन सकिन्छ। सिभिक टेस्टमा अमेरिकाको इतिहास र सरकारसम्बन्धी १०० प्रश्नमध्ये १० वटा सोधिन्छ। यदि केही निश्चित मापदण्ड पूरा गरेमा यो परीक्षा अन्य भाषामा पनि दिन मिल्छ। सांसद फाइनको बिलमा यही छुटलाई हटाउने प्रस्ताव गरिएको हो ।

अमेरिकी नागरिकताका आवेदकले अहिले अनुवादकको सहयोगमा परीक्षा दिन पाउने व्यवस्थाले अमेरिकी संस्कृतिमा घुलमिल हुने भावनालाई कमजोर बनाएको सांसद फाइनले बताएका छन् । अंग्रेजी बोल्ने देशमा बस्न चाहनेले अंग्रेजी बोल्न सक्नुपर्ने उनको भनाई छ ।

यो बिलले सबै आवेदकलाई नागरिकता परीक्षा पूर्ण रूपमा अंग्रेजीमै दिनुपर्ने व्यवस्था गर्ने उनको भनाई छ । प्रतीकात्मक र वास्तविक दुवै अर्थम अमेरिकामा देशमा बस्ने उद्देश्यले आउने हरेक व्यक्तिले अँग्रेजी भाषा बोल्नुपर्ने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालको कानुनअनुसार ५० वा सोभन्दा बढी उमेरका र अमेरिकामा कम्तीमा २० वर्षदेखि स्थायी बासिन्दाका रूपमा बसोबास गर्दै आएका मानिसहरूले सिभिक टेस्ट अन्य भाषामा दिन पाउँछन्। त्यसैगरी, ५५ वा सोभन्दा बढी उमेरका र कम्तीमा १५ वर्षदेखि स्थायी बासिन्दाका रूपमा बसोबास गरेकाहरूका लागि पनि यस्तै छुट छ। यी दुवै समूहका मानिसले परीक्षाका लागि अंग्रेजी र आफ्नो मातृभाषा दुवैमा दख्खल राख्ने अनुवादक साथमा ल्याउनुपर्छ।

यो बिलको आप्रवासी अधिकारका लागि काम गर्ने समूहहरूले यसको विरोध गर्ने सम्भावना छ। सांसद फाइनको यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चमा अंग्रेजीलाई देशको आधिकारिक भाषाका रूपमा घोषणा गरेको निर्णयपछि आएको हो। अमेरिकाको इतिहासमा यसरी अंग्रेजीलाई आधिकारिक भाषा तोकिएको यो पहिलो पटक हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com