डिभी विजेताले भिसा पाउन २ साता बाँकी, काठमाडौं दूतावासको भिसा सेवा बन्द हुँदा अन्यौल


प्रकाशित मिति : भाद्र २९, २०८२ सोमबार

अब डिभी २०२५ का विजेताहरुले भिसा पाउनुपर्ने अवधि जम्मा २ सातामात्र बाँकी रहेको छ । डिभी २०२५ का विजेताहरुले सेप्टेम्बर ३० भित्र भिसा नपाएको खण्डमा उनीहरु यो बर्षका लागि डिभीका लागि अयोग्य हुनेछन् । अर्थात् अक्टोबर १ देखि डिभी २०२६ का विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । तर नेपालको पछिल्लो प्रदर्शन र हिंशाका कारण अमेरिकी दूतावास काठमाडौंले साताका सबै भिसा अपोइन्टमेन्टहरूको समय तालिका परिबर्तन गरेपछि डिभी विजेताहरुमा भिसा नपाइने चिन्ता देखिएको छ ।

एक डिभी विजेताले इमेलमार्फत खसोखाससँग भने -“भिसा पाउने अवधि निकै थोरैमात्र रहेकाले भिसा पाइने हो कि होइन भन्ने चिन्ताले पिरोलेको छ ।” यसबारे अन्य कैयन डिभी विजेताहरुले पनि खसोखाससँग अन्यौल व्यक्त गरेका थिए ।

गतसाता अपोइन्टमेन्ट स्थगित भएका डिभी विजेताहरुले नयाँ अप्वाइन्टमेन्ट प्राप्त गरिसके नसकेको प्रष्ट छैन । यदि उनीहरुले सेप्टेम्बर ३० अगाडि अप्वाइन्टमेन्ट प्राप्त गरेर भिसा नपाएको खण्डमा उनीहरुको २०२५ को डिभीमार्फत अमेरिका आउने सपना समाप्त हुनेछ । यसबारे अमेरिकी दूतावास काठमाडौंले पनि केही बताएको छैन । डिभीवाहके अन्य भिसाका आवेदकहरुका लागि भने अप्वाइन्टमेन्ट सेप्टेम्बर ३० पछि उपलब्ध गराइएको खण्डमा समेत कुनै असर पर्नेछैन । परिवार र रोजगारमा आधारित आप्रवासी भिसा आवेदकहरु आर्थिक बर्ष २०२६ मा पनि आप्रवासी भिसाका लागि योग्य हुनसक्नेछन् ।

सेप्टेम्बर ३० मा समाप्त हुने चालु आर्थिक बर्ष २०२५ का लागि १४ हजार ४ सय ५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुमात्र योग्य छन् । अर्थात् यो बर्ष १४ हजार ४ सय ५० भन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा पाउनेछैनन् । २०२४ भन्दा अगाडिका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो भने गतबर्ष १३ हजारसम्म केसको सिमाबन्दी थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।

५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए ।

अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

डिभी पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com