रोजगारमा आधारित ग्रिनकार्ड: पहिलो श्रेणी करेन्ट, दोश्रोमा अग्रता, तेश्रो स्थीर, चौथो उपलब्ध


प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी अक्टोबरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ । १ डिसेम्बर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले अक्टोबरमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न र अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

सेप्टेम्बरमा विदेश मन्त्रालयले रोजगारमा आधारित दोस्रो श्रेणीका लागि उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको बताएपछि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूले तत्काल नयाँ ईबी टु भिसा जारी गर्न बन्द गरेका थिए। अब अक्टोबरदेखि भने पुनः यो श्रेणीमा भिसा जारी हुन थाल्नेछ ।

तर तेश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा भने टसमस भएको छैन । तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि अप्रिल १ , २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले अक्टोबर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्।

अनस्किल्ड कामदारहरूको हकमा जुलाई १५ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा अक्टोबर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अर्थात् जम्मा १ साताको अग्रता कायम भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो श्रेणीको हकमा भने पहिले जस्तै ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। अक्टोबर महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।

सेप्टेम्बरमा भने अमेरिकी विदेश मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोजगारमा आधारित पहिलो श्रेणीको आप्रवासी भिसा र ग्रिनकार्डको वार्षिक कोटा समाप्त भएको घोषणा गरिसकेको छ । यसको अर्थ सेप्टेम्बर ३० मा समाप्त हुने हालको आर्थिक वर्षको बाँकी अवधिको लागि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूले यी भिसाहरू जारी गर्न बन्द गरेका छन्। यो श्रेणीमा अक्टोबर १ देखि भने भिसा जारी गरिनेछ ।

चौथो श्रेणीको विशेष आप्रवासीहरूका लागि ग्रीनकार्डको वार्षिक सीमा चालु आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको थियो । अब अक्टोबरदेखि यो श्रेणी पनि उपलब्ध हुने भएको छ । अर्थात् अक्टोबर १ देखि १ जुलाई २०२० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न र अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । तर चौथो श्रेणीका धार्मिक कामदारहरुका लागि अक्टोबरमा पनि भिसा अनुपलब्ध रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com