नेपालमा रहेका आफ्ना नागरिकलाई सकभर घरभित्रै बस्न अमेरिकाको सल्लाह


प्रकाशित मिति : भाद्र २५, २०८२ बिहीबार

a passport sitting on top of a table next to a cup of coffee

Photo by Lydia Matzal

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेना तैनाथ गरिएको र कर्फ्यू लागू भएकोले सबै अमेरिकी नागरिकहरूलाई आफू बसिरहेको स्थानबाट सकभर बाहिर ननिस्कन र नयाँ कर्फ्यू नियमहरू पालना गर्न सल्लाह दिँदै एक अलर्ट जारी गरेको छ। अलर्टमा आपतकालीन अवस्थामा बाहेक कुनै पनि बाहिरी आवागमन विरुद्ध चेतावनी दिइएको छ।

यो अलर्ट नेपालमा भएको प्रदर्शनपछि नेपाली सेनाको सुरक्षाको जिम्मा लिएपछि आएको हो । सरकारी भ्रष्टाचार र छोटो समयको लागि सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध व्यापक विरोध प्रदर्शनपछिको हिंशापछि यो अवस्था उत्पन्न भएको थियो। प्रदर्शनहरू हिंसात्मक हुँदा प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आएको छ भने प्रदर्शनकारीहरू र सुरक्षा बलहरू बीचका झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

दूतावासको सूचनामा अमेरिकी नागरिकहरूलाई आफ्ना एयरलाइन्स प्रदायकहरूसँग सम्पर्कमा रहन र थप अपडेटहरू पर्खन थप आग्रह गरिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सहयोगको आवश्यकता परेकाहरूका लागि सम्पर्क जानकारी प्रदान गरेको छ।

नेपाली सेनाले कम्तिमा सेप्टेम्बर १२ सम्म आवतजावतको लागि तलको तालिका जारी गरेको छ । विहान ६ बजेदेखि विहान ९ बजेसम्म आवश्यक गतिविधि र आवतजावतको लागि अनुमति दिइएको छ भने बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म कर्फ्यू लागू भएको छ । बेलुका ६ बजेदेखि ७ बजेसम्म आवश्यक गतिविधि र आवतजावतको लागि अनुमति दिइएको छ भने साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामी सबै अमेरिकी नागरिकहरूलाई नयाँ कर्फ्यू नियमहरूको कडाईका साथ पालना गर्न दूतावासले सल्लाह दिएको छ । वैध हवाई टिकट भएका आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई निषेधित समयमा विमानस्थलमा यात्रा गर्न अनुमति दिइने भएकाले विमानस्थलमा ट्रान्जिट गर्दा कुनै सहयोग चाहिएमा नेपाली सेनाको फोन नम्बर ं९७७ ०१५९७ ९२२४ मा सम्पर्क गर्न सकिनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com