अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली चार्टड विमानमार्फत काठमाडौंमा, बाँकी १८ अर्को चरणमा


प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार

अमेरिकाबाट देशनिकाला भएका १९ नेपाली बोकेको विमान बिहिबार बेलुका ७ बजे विमान काठमाडौं पुगेको छ । ओम्नी एयरलाइन्सको चार्टर्ड विमानमार्फत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनीहरूमध्ये अधिकांश गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्ति रहेको श्रोतले जानकारी दिएको छ। अमेरिकी अधिकारीहरूले नेपाली दूतावाससँग समन्वय गरी आवश्यक अनुसन्धान र ट्राभल डकुमेन्ट तयार गरेर उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । देशनिकाला हुनेमा १७ पुरुष र २ महिला छन्।

सुरुमा अमेरिकी अध्यागमनले ३७ जना नेपालीहरु देशनिकाला हुने जानकारी दिएपनि पछि बाँकी १८ जनालाई भने यो चरणमा नेपाल पठाइएको छैन । अन्तिम समयमा १९ जना मात्र नेपाली पठाएको खबर आएको र संख्यात्मक हिसाबले फरक पर्नुको कारण थाहा नभएको नेपालको एयरपोर्ट अध्यागमनले जनाएको छ ।

यति ठूलो संख्यामा फरक पर्नुको कारणबारे अमेरिकी पक्षले कुनै स्पष्ट जानकारी नदिएकोले यो विषय कूटनीतिक रूपमा सोध्नु पर्ने अध्यागमन विभागका महानिर्देशकले बताएका छन्। “यो विषयले मलाई पनि अचम्ममा पारेको छ। विगतमा पनि यस्तो भएको थियो र कारण खुलाइएको थिएन। यसको सोधखोज आवश्यक छ,” उनले भने।विभागका प्रवक्ताले भने, “कानुनी वा कागजी प्रक्रियामा कुनै कमी भएको हुन सक्छ, तर स्पष्ट कारण नखुल्दा यही हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन।”

अमेरिकाबाट देशनिकाला भएर आउने नेपालीहरूलाई नेपाल सरकारले सहजै स्वीकार गर्दै आएको छ। विमानस्थलमा आउने बित्तिकै अध्यागमन विभागले सामान्य कागजी प्रक्रिया पूरा गरी उनीहरूलाई मानव बेचबिखन ब्यूरोको जिम्मा लगाउने गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्यूरोका डीएसपी रुगम कुँवरका अनुसार, निष्कासित व्यक्तिहरूको नाम, ठेगाना, नेपालबाट प्रस्थानदेखि फर्किंदासम्मको विवरण राखिन्छ। “कसको माध्यमबाट, कति खर्चमा, कुन देश हुँदै अमेरिका पुगे?  कहिले समातिए? कति समय जेल बसे ? भन्ने सबै जानकारी राख्छौं,” उनले भने।

उनले थपे, “उजुरी गर्न चाहनेलाई सहजै उजुरी लिने गरेका छौं। पहिले उजुरी गर्न कोही तयार हुँदैनथे, तर पछिल्लो समय केही उजुरी परेका छन्। केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान पनि अघि बढाइएको छ। यी १९ जनालाई पनि उजुरीका लागि आह्वान गरेका छौं। केही उजुरी थपिएर अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा छ।”

आज देशनिकाला  भएर आएकाहरूमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका व्यक्ति रहेका छन्।

बिहीबार साँझ १९ जना देश निकाला भएसँगै ट्रम्प प्रशासन अन्तरगत  हालसम्म अमेरिकाबाट डिपोर्ट हुनेहरूको सङ्ख्या दुई सय ३४ पुगेको छ।  अमेरिकाबाट सबै भन्दा धेरै मेमा ५८ र जून महिनामा ४२ जना नेपालीहरू अमेरिकाबाट देश निकाला भएका थिए ।  तथ्यांकअनुसार सन् २०२५ मा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जूनमा ४२ , जुलाईमा १७ जना,   अगस्तमा १६ जना  नेपाली देश निकाला भएका थिए ।

नेपालीको टीपीएस समाप्त भइसकेकाले अमेरिकाबाट देशनिकाला हुने नेपालीहरुको संख्या आगामी दिनमा बढ्ने अनुमान गरिएको छ किनभने अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीहरु टीपीएसबाट संरक्षित थिए । उनीहरुको टीपीएस अगस्त २० मा समाप्त भइसकेकाले अमेरिकी अध्यागमनले उनीहरुलाई पक्राउ गरेको खण्डमा सिधै डिपोर्ट गर्न सक्छ ।

त्यस्तै विगतमा टीपीएसले नसमेटेका झण्डै १५ सय नेपालीहरु पनि देशनिकालाको आदेश पाइसकेपछि अमेरिकामा नै बसिरहेको तथ्यांक हालै आइसले सार्वजनिक गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com