सेप्टेम्बर ३० पछि अमेरिकाको इलेक्ट्रोनिक भिसा शुल्क दोब्बर


प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

सेप्टेम्बर ३० देखि लागु हुनेगरी अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशन शुल्क झण्डै दोब्बर बनाउने भएको छ । जुलाईमा अमेरिकी संसदबाट पारित कानून अनुशार नयाँ शुल्क अमेरिकाको सीबीपीले लागु गर्ने भएको छ ।

भिसा छूट कार्यक्रम अन्तरगत विश्वका ४२ देशका नागरिकहरुले दूतावासबाट भिसा नलिइकनै अनलाइनमा इलेक्ट्रोनिक सिस्टम फर ट्राभल अथोराइजेशन आवेदन दिएर अमेरिकाको यात्रा गर्न पाउने प्रावधान रहेको छ । अहिलेसम्म उनीहरुले २१ डलर शुल्क तिर्दै आएकोमा सेप्टेम्बर ३० देखि यो शुल्क ४० डलर हुने भएको छ ।

त्यस्तै स्थल सीमाबाट अमेरिका छिर्नेहरुका लागि फारम आई ९४ आवेदनका लागि ३० डलर शुल्क लाग्नेछ । यो शुल्क अहिलेसम्म ६ डलर रहेकोमा २४ डलर थपेर ३० डलर बनाइने भएको हो । स्थलमार्गबाट अमेरिकाको पोर्ट अफ इन्ट्रीमा आइपुगेका विदेशी नागरिकहरूले फारम आई ९४ को लागि आवेदन दिनुपर्ने अवस्था जारी रहनेछ । तर हवाई वा समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरूको लागि कुनै आई ९४ शुल्क लाग्दैन।

त्यस्तै इलेक्ट्रोनिक भिसा अपडेट प्रणालीको लागि ३० डलर शुल्क लिइनेछ। हाल यसको लागि कुनै शुल्क छैन । यो अमेरिकाको भिजिटर भिसा भएका चिनियाँहरूको लागि अनलाइन अग्रिम प्राधिकरण प्रणाली हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि ट्रम्पको बिग बिल अन्तरगत युएससीआईएसले अगस्त २१ देखि नयाँ शुल्कहरु पूर्णरुपमा लागु गरिसकेको छ । यद्यपी २५० डलर भिसा अखण्डता शुल्क कार्यान्वयनका लागि विदेश मन्त्रालयसँग समन्वय गरिरहेको युएससीआईएसले जनाएको छ ।

एसाएइलम आवेदनका लागि अब १ सय डलरको फाइलिङ शुल्क लागु गरिएको छ । यसबाहेक वार्षिक एसाइलम शुल्क १ सय डलर लागु गरिएको छ । एसाइलम आवेदन विचाराधीन रहँदासम्म यो प्रत्येक क्यालेन्डर वर्षको लागि लागू हुनेछ । अक्टोबर १, २०२४ पछि फाइल गरिएका र ३६५ दिनसम्म विचाराधीन रहेका आवेदनहरूका लागि फाइलिङ मितिको एक वर्षको वार्षिकोत्सवमा र त्यसपछि वार्षिक रूपमा यो शुल्क लागु गरिएको छ ।

अक्टोबर १, २०२४ सम्म विचाराधीन रहेका आवेदनहरूका लागि यदि आवेदन सेप्टेम्बर ३०, २०२५ सम्म युएससीआईएएसमा विचाराधीन रहेका एकसय डलर शुल्क लागू गरिएको छ, तर आवेदन विचाराधिन रहेका अघिल्लो वर्षहरूको लागि भने शुल्क लाग्ने छैन।

एसाइलम आवेदन, टीपीएस वा परोलमा आधारित वर्क परमिटका लागि पनि पहिलो पटक आवेदनहरूका लागि शुल्क ५५० डलर र नवीकरण वा विस्तार आवेदनहरूका लागि २७५ डलर लागु गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com