अमेरिकी स्वास्थ्य मन्त्रालयका कर्मचारीद्वारा स्वास्थ्यमन्त्रीकै आलोचना


प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार

फोटो: गेज स्किडमोर

अमेरिकी स्वास्थ्य मन्त्रालयका ७५० भन्दा बढी वर्तमान तथा पूर्वकर्मचारीहरूले स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरको कडा आलोचना गर्दै एक पत्र सार्वजनिक गरेका छन्।

उनीहरूले केनेडीका “खतरनाक र भ्रामक अभिव्यक्तिहरू” ले हालै रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को मुख्यालयमा भएको हिंसामा योगदान पुर्‍याएको बताएका छन्।

यसै महिनाको गोलीकाण्डमा, जहाँ एक व्यक्तिले (सीडीसी) भवनमा सयौँ राउन्ड गोली चलाएर एक प्रहरी अधिकारीको ज्यान लिएका थिए, ती व्यक्तिले कोभिड-१९ खोपप्रति अविश्वास व्यक्त गरेको तथ्य बाहिर आएको थियो।

कर्मचारीहरूले पत्रमा भनेका छन्, “राजनीतिकरण गरिएको भाषणले संस्थामाथि अविश्वास बढाइरहेको छ, र यही कारण यो आक्रमण भयो।” उनीहरूले केनेडीले अमेरिकी जनस्वास्थ्यलाई जोखिममा पारेको र देशको आपत्कालीन स्वास्थ्य प्रतिक्रियाको क्षमता कमजोर पारेको पनि थपेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“स्वास्थ्य तथा मानव सेवामन्त्री रोबर्ट एफ. केनेडी जुनियरले बारम्बार गलत स्वास्थ्य जानकारी फैलाएर अमेरिकाको सार्वजनिक स्वास्थ्य संरचनालाई कमजोर बनाउने र जनताको स्वास्थ्यलाई खतरा पुर्‍याउने काममा संलग्न भएका छन्,” पत्रमा भनिएको छ।

यो पत्र काँग्रेस र केनेडी दुवैलाई सम्बोधन गरी ‘सेभ एचएचएस’ नामक वेबसाइटमा प्रकाशित गरिएको हो। पत्रमा हस्ताक्षर गर्नेहरू (सीडीसी), राष्ट्रिय स्वास्थ्य संस्था (एनआईएच) र स्वास्थ्य तथा मानव सेवा मन्त्रालय (एचएचएस) सँग सम्बन्धित रहेका थिए।

सरकारी कर्मचारीहरूले खुला रूपमा कुनै मन्त्रीको आलोचना गर्दै काँग्रेसमा पत्र लेख्नु दुर्लभ मानिन्छ।

केनेडी मन्त्री बनेदेखि बाहिरी स्वास्थ्य विज्ञ तथा सङ्घसंस्थाहरूले उनको स्टाफ कटौती, खोप सीमित गर्ने कदम लगायतका कार्यहरूको आलोचना गरेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार ३० वर्षीय प्याट्रिक जोसेफ ह्वाइटले ८ अगस्टमा (सीडीसी) भवनमा ५०० राउन्ड गोली चलाएका थिए।

उनले कोभिड खोपले आफूलाई “उदास र आत्मघाती बनाएको” दाबी गरेका थिए। यस घटनामा प्रहरी अधिकारी डेविड रोज मारिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com