अमेरिकी-दक्षिण कोरियाली दस्तावेज चोरी


प्रकाशित मिति : आश्विन २५, २०७४ बुधबार

उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाबाट ठूलो संख्यामा सैनिक दस्तावेजहरु चोरेको विवरणहरु प्राप्त भएको छ।

तिनमा उत्तर कोरियाली नेता किम जङ्-अनको हत्या गर्ने योजनासम्बन्धी दस्तावेज पनि संलग्न रहेको ठानिएको छ।

एकजना दक्षिण कोरियाली सांसदले आफूलाई त्यस्तो जानकारी देशको रक्षामन्त्रालयबाट प्राप्त भएको जनाएका छन्।

त्यसरी चोरिएका दस्तावेजमा युद्धको अवस्थामा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अपनाउने रणनीतिक योजनाहरु पनि रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्वीकार

उत्तर कोरियाली ह्याकरहरुले गोप्य र महत्वपूर्ण सैनिक दस्तावेजहरु चोरेको भन्ने विवरणहरुकाबारे दक्षिण कोरियाको रक्षामन्त्रालयले हालसम्म औपचारिक रुपमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

दक्षिण कोरियाको विशेष तालिमप्राप्त सैन्य सम्बन्धी योजनाहरुका साथै त्यहांका महत्वपूर्ण उर्जा केन्द्र र सैनिक ठेगाना सम्बन्धी जानकारीहरु चुहिएको हुनसक्ने बताइएको छ।

यस्तो जानकारी दिने सांसद ह्री चिओल- ही दक्षिण कोरियाको सत्ताधारी पार्टीसंग सम्बद्ध छन् र संसदको रक्षा समितिका सदस्य पनि हुन्।

उनका अनुसार देशको एकिकृत प्रतिरक्षा तथ्यांक केन्द्रबाट २३५ गिगाबाइट आकारको सैनिक दस्तावेजहरु चोरिएका छन् र ति मध्ये असी प्रतिशतको पहिचान हुनै बांकी छ।

इन्टरनेट मार्फत अनधिकृत रुपमा कम्प्युटर प्रणालीमा प्रवेश गरी भएको त्यस्तो दस्ताबेज चोरीको घटना गत सेप्टेम्बर महिनामा भएको थियो।

जानकारी

मे महिनामा दक्षिण कोरियाले ठूलो मात्रामा तथ्यांक चोरी भएको र त्यस्तो हमला उत्तर कोरियाले गराएको हुनसक्ने बताएको थियो तर चोरी भएका विषयबस्तुकाबारे भने कुनै जानकारी दिएको थिएन।

उत्तर कोरियाले त्यस्तो आरोपको खण्डन गरेको थियो।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाए अनुसार हालैका वर्षहरुमा सोलले आफ्नो कम्युनिष्ट छिमेकीबाट इन्टरनेट मार्फत हुने साइबर हमलाको श्रृंखलाको सामना गर्न परिरहेको छ।

ति मध्ये धेरै जसो सरकारी वेबसाइट र संरचनाहरुलाई निशाना बनाएर हुने गरेका छन्।

उक्त अलगथलग रहेको देशसंग चिन लगायत समुद्रपारका देशहरुमा विशेष तालिमप्राप्त ह्याकरहरु रहेका विश्वास गरिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com