न्युयोर्कमा ८० लाखभन्दा बढीलाई राहत चेक पठाइने, कस्ले, कति र कहिले पाउँछन्?


प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार

set of black opened envelope and cash dollars

Photo by Karolina Grabowska on Pexels.com

न्युयोर्कमा मुद्रास्फीति राहतको रूपमा ८० लाखभन्दा बढी बासिन्दालाई राहत चेक पठाइने भएको छ। गभर्नर क्याथी होकुलले घोषणा गरेअनुसार मध्य अक्टोबरदेखि योग्य न्युयोर्कबासीहरूले १५० डलरदेखि ४०० डलरसम्मको एकमुष्ट भुक्तानी प्राप्त गर्नेछन्। बढ्दो महँगीबाट प्रभावित परिवारहरूलाई राहत दिन यी चेकहरु पठाउन लागिएको हो ।

यो राहत चेक प्राप्त गर्न बासिन्दाहरूले कुनै पनि आवेदन दिनु पर्दैन। यो भुक्तानी २०२३ को न्युयोर्क राज्यको आयकर रिटर्नमा आधारित भएर स्वतः वितरण हुनेछ। चेकका लागि योग्य हुनका लागि व्यक्तिले २०२३ मा राज्यको निवासीका रुपमा आयकर रिटर्न फाइल गरेको हुनुपर्छ साथै कसैको आश्रितको रूपमा आफूलाई दाबी गरेको हुनुहुँदैन । त्यस्तै आयको निश्चित सीमाभित्र पर्नुपर्छ।

प्राप्त हुने रकम फाइल गर्ने स्थितिका आधारमा फरक फरक हुनेछ । एकल वा घरका प्रमुख फाइलरहरूमा ७५ हजार डलर वा सोभन्दा कम कमाउनेले २०० डलर तथा ७५ हजारदेखि माथि १ लाख ५० हजार डलरसम्म कमाउनेले १५० डलर राहत चेक पाउनेछन्। संयुक्त रूपमा फाइल गर्ने विवाहित दम्पतीका हकमा १ लाख ५० हजार वा सोभन्दा कम आम्दानी भएकाले ४०० डलर र १ लाख ५० हजारदेखि ३ लाख डलरसम्म आम्दानी भएकाले ३०० डलर पाउनेछन्।

छुट्टै फाइल गर्ने विवाहित दम्पतीका सन्दर्भमा एकल फाइलरका लागि लागू हुने मापदण्ड नै लागू हुनेछ। कर तथा वित्त विभागले २०२३ को रिटर्नमा आधारित समायोजित कुल आम्दानी प्रयोग गरेर यी रकमहरू स्वतः गणना गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्यको बजेटको एक अंशको रूपमा यो कदम चालिएको हो। राज्यले अतिरिक्त बिक्री कर राजस्वलाई थन्क्याएर राख्नुको सट्टा बासिन्दाहरूलाई फिर्ता गर्ने निर्णय गरेको हो। गभर्नर होकुलले यसलाई परिश्रमी न्युयोर्कबासीहरूको खल्तीमा पैसा फिर्ता राख्ने प्रत्यक्ष तरिका भनेकी छन्। उनले विशेष गरी मुद्रास्फीतिको समयमा यो पहलको महत्त्वमा जोड दिएकी छन्।

यो राहत प्याकेज समग्र किफायती प्याकेजको एक हिस्सा हो, जसमा बालबालिकाका लागि कर क्रेडिट विस्तार, सम्पत्ति कर राहत, र सबैका लागि निःशुल्क विद्यालयको खाना समावेश छ। कर विभागले अक्टोबरको मध्यदेखि चेकहरू पठाउन सुरु गर्नेछ र नोभेम्बरसम्म जारी राख्नेछ। वितरणको कुनै निश्चित समयतालिका नभएकाले केही घरपरिवारले अरूभन्दा पहिले चेक प्राप्त गर्न सक्छन्। ढिलाइबाट बच्न बासिन्दाहरूलाई आफ्नो ठेगाना अद्यावधिक राख्न र कर विभागबाट आउने खामलाई जंक मेल ठानेर नफाल्न आग्रह गरिएको छ।

यसअघिका राहत कार्यक्रमभन्दा यो फरक छ । किनकि यसका लागि कुनै आवेदन दिनु पर्दैन। यो सहज प्रक्रियाका कारण बासिन्दाहरूले कुनै पनि झन्झटबिना नै पैसा प्राप्त गर्नेछन्। यो राहत रकमले ठूला खर्चहरू धान्न नसके पनि किराना, बिजुली वा अन्य दैनिक आवश्यकताहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com