अमेरिकामा आप्रवासी हिरासत केन्द्र थपिदै, टेनेसीमा नयाँ सञ्चालनको तयारी


प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार

अमेरिकाको टेनेसी राज्यको ग्रामीण सहर मेसनमा बन्द रहेको एउटा कारागारलाई आप्रवासी हिरासत केन्द्रको रूपमा रूपान्तरण गर्ने सम्झौताहरू अनुमोदन भएका छन्। यो विवादास्पद निर्णय त्यहाँका अधिकारीहरूले विरोधका बाबजुद अनुमोदन गरेका हुन्।

२०२१ मा बन्द भएको पश्चिम टेनेसी डिटेन्सन सुविधालाई अब निजी कम्पनी कोर सिभिकले सञ्चालन गर्नेछ। यो केन्द्र अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा (आइस) को हिरासत केन्द्रको रूपमा प्रयोग गरिनेछ। यो योजना राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक निर्वासनको अभियान अघि बढाइरहेका बेला आएको हो ।

यो योजना यस्तो समयमा आएको छ जब डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासीहरूलाई निष्कासन गर्ने अभियान चलाइरहेका छन्। ट्रम्पले यसअघि नै यस्तै अन्य निजी हिरासत केन्द्रहरूको प्रशंसा गरिसकेका छन्।

यो कारागार पहिले राष्ट्रपति जो बाइडेनको निजी हिरासत सुविधासँगको सम्झौता नवीकरण नगर्ने आदेशपछि बन्द भएको थियो। तर ट्रम्पले जनवरीमा त्यो आदेशलाई उल्टाएका थिए।

मेयर नोमानका अनुसार, यो योजनाले सहरमा रोजगारी र आर्थिक विकास ल्याउनेछ। करिब १३०० जनसंख्या भएको मेसनका लागि यो कारागार पहिले पनि सबैभन्दा ठूलो रोजगारीको स्रोत थियो।

कोर सिभिक कम्पनीले यो सुविधा पुनः सञ्चालन भएपछि करिब २४० नयाँ रोजगारी सिर्जना हुने, कारागारका अफिसरहरूलाई प्रतिघण्टा २६.५० डलर तलब दिने र वार्षिक रूपमा सहरलाई करिब ५ लाख २५ हजार डलर आम्दानी हुने दाबी गरेको छ। यो रकम विद्यालय र पूर्वाधार सुधारमा प्रयोग गर्न सकिने बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com