चिप निर्माता एनभिडिया र एएमडीले चीनमा हुने आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई बुझाउने


प्रकाशित मिति : श्रावण २५, २०८२ आईतबार

चिप निर्माता कम्पनी एनभिडिया र एएमडी ले चीनमा हुने सेमीकन्डक्टर बिक्रीबाट प्राप्त आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई तिर्न सहमति जनाएका छन्। यो सम्झौता चीनको बजारमा आफ्नो उत्पादन निर्यात गर्न अनुमति सुनिश्चित गर्ने सर्तका रूपमा आएको हो।

एनभिडियाले यस विषयमा आफ्नो प्रतिक्रिया दिँदै भनेको छ, “हामी विश्व बजारमा सहभागिताका लागि अमेरिकी सरकारले तोकेका नियमहरू पालना गर्छौं। हामी आशा गर्छौं कि निर्यात नियन्त्रणका नियमहरूले अमेरिकालाई चीन र विश्वभर प्रतिस्पर्धा गर्न दिनेछ।”

एनभिडियाका अनुसार अमेरिकाले ५ जी मा गरेको गल्ती दोहोर्याएर दूरसञ्चारमा आफ्नो नेतृत्व गुमाउनु हुँदैन। यदि हामी दौडियोँ भने अमेरिकाको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि विश्वको मापदण्ड बन्न सक्छ।

सम्झौताअनुसार, एनभिडियाले चीनमा हुने एचटुओ चिपको बिक्रीबाट प्राप्त आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई तिर्नेछ भने एएमडीले एमआई ३०८ चिपको बिक्रीबाट हुने आम्दानीको उस्तै प्रतिशत तिर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि वासिङ्टनले सुरक्षा कारण देखाउँदै एनभिडियाको एचटुओ चिप बिक्रीमा प्रतिबन्ध लगाएको थियो, यद्यपि हालै यसलाई उल्ट्याउने घोषणा गरिएको हो।

एचटुओ चिप विशेष रूपमा चिनियाँ बजारका लागि सन् २०२३ मा बाइडेन प्रशासनले निर्यातमा प्रतिबन्ध लगाएपछि विकास गरिएको थियो। यसको बिक्रीलाई यस वर्ष अप्रिलमा ट्रम्प प्रशासनले प्रभावकारी रूपमा रोक लगाएको थियो।

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङ ले चीनमा चिप बिक्री पुनः सुरु गर्न दुवै पक्षसँग महिनौँदेखि लबिङ गरिरहेका थिए। उनले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग भेट गरेको पनि बताइएको छ।

चीनमा चिप बिक्री पुनः सुरु हुनु वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव कम भएको संकेत हो। एनभिडियाले अमेरिकामा ५०० बिलियन डलर सम्मको एआई सर्भर निर्माण गर्ने योजना पनि सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत कम्पनीले पहिलोपटक पूर्ण रूपमा अमेरिकी निर्मित एआई सुपरकम्प्युटर बनाउन प्रतिबद्धता जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com