नेपालको टीपीएस खारेजी रोकिएकोबारे युएससीआईएसबाट अलर्ट जारी, तर असहमति जनाउँदै कदम चाल्ने चेतावनी


प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार

अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेकोमा युएससीआईएसले एक अलर्ट जारी गरेको छ । उक्त अलर्टमा नेपालको टीपीएस र सम्बन्धित सुविधाहरू अगस्ट ५ मा समाप्त हुने भनिएपनि जुलाई ३१, २०२५ मा क्यालिफोर्नियाको अदालतका एकल न्यायाधीशले रोक जारी गर्दै टीपीएस समाप्तिलाई नोभेम्बर १८, २०२५ सम्म स्थगित गरेको तर न्यायाधीशले गरेको फैसलासँग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी पूर्ण रूपमा असहमत रहेको उल्लेख गरिएको छ ।

युएससीआईएसले नेपालको टीपीएसबारेको पृष्ठ अपडेट गर्दै नेपालको टीपीएस नोभेम्बर १८, २०२५ सम्म कायम रहने र टीपीएससँग सम्बन्धित वर्क परमिट पनि नोभेम्बर १८ सम्म स्वत लम्बिने उल्लेख गरेको छ । युएससीआईएसले नेपालको टीपीएस अन्तर्गत जुन २४, २०२५ को म्याद सकिने मिति सहित जारी गरिएको वर्क परमिटको वैधता नोभेम्बर १८, २०२५ सम्म स्वतः विस्तार गरेको पनि उल्लेख छ। यो स्वचालित विस्तार मार्फत नोभेम्बर १८, २०२५ सम्म काम गर्न पाउने प्रमाणको रूपमा आफ्नो पहिलेको जुन २४ सम्मको म्याद भएको वर्क परमिट नै प्रयोग गर्न जारी राख्न सक्ने युएससीआईएसले जनाएको छ ।

अमेरिकामा काम गर्न पाउने प्रमाणित गर्न रोजगारदातालाई जुन २४ मा म्याद सकिएको वर्क परमिट देखाउन सकिने छ भने सरकारी एजेन्सीहरूले नेपाली टीपीएसवाहकको आप्रवासन स्थिति निर्धारण गर्न आवश्यक भएमा पनि उक्त वर्क परमिट देखाउन सकिने युएससीआईएसले जनाएको छ । स्वचालित विस्तारको घोषणा गर्ने फेडरल रजिष्ट्रर सूचनाको प्रतिलिपी समेत पेश गर्न भनिएपनि अहिलेसम्म युएससीआर्ईएसले त्यस्तो सूचना फेडरल रजिष्ट्ररमा भने प्रकाशित गरेको छैन ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अर्को चरणहरू निर्धारण गर्न काम गरिरहेको अलर्टमा उल्लेख छ । हालै यस्तै मुद्दामा अमेरिकी सर्वोच्च अदालतबाट फैसला भएको सन्दर्भ उल्लेख गर्दै नयाँ कदम चाल्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी चेतावनी दिएपनि कस्तो कदम चाल्ने भन्नेबारे केही बताइएको छैन । अदालतले जुलाई ३१ मा निर्णय सुनाउदै नेपालीको टीपीएस आगामी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेको हो । नोभेम्बर १८ मा हुने सुनुवाईपछि टीपीएस खारेजी स्थगन थपिनसक्ने अदालतको निर्णयमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतको निर्णयपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कडा प्रतिकृया दिदै वक्तव्य जारी गरेको थियो । नेपाल, होण्डुरस र निकारागुवाको टीपीएस खारेजी रोक्ने कारण जातीय द्वेष उल्लेख गरिनु गलत रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रतिकृया दिएको थियो भने न्यायाधीश त्रिना एल थम्पसनलाई कार्यकर्ता न्यायाधिस भएको आरोप लगाएको थियो । न्यायिक फैसला न्यु योर्क टाइम्सको विचार लेख जस्तो सुनिने रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आरोप थियो ।

न्यायाधीश थम्पसनको निर्णय घृणित मात्र होइन तर संघीय कानूनको स्पष्ट अर्थलाई पनि बेवास्ता गर्ने कडा टिप्पणी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गरेको थियो । साथै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सहायक सेक्रेटरी ट्रिसिया म्याकलाफ्लिनले टीपीएस कहिल्यै पनि वास्तविक शरण प्रणालीको रूपमा नभएको तर विगतका प्रशासनहरूले दशकौंदेखि यसलाई यसरी नै प्रयोग गर्दै आएका बताएकी थिइन् । उनले मुद्दाको निर्णयविरुद्ध अपील गर्ने र उच्च अदालतले आफूहरुलाई नै सही प्रमाणित गर्ने अपेक्षा गरेको बताएकी थिइन् ।

दशकौंदेखि टीपीएसलाई वास्तविक आममाफी कार्यक्रमको रूपमा दुरुपयोग गरिएकाले जाँच नगरिएका विदेशीहरूलाई अनिश्चित कालसम्म अमेरिकामा रहन अनुमति दिइएको तथा धेरै पटक यी कार्यक्रमहरूलाई आपराधिक विदेशीहरूलाई अमेरिकामा आउन र अमेरिकी नागरिकहरूलाई आतंकित गर्न शोषण गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वक्तव्यमा उल्लेख छ । बाल दुर्व्यवहार गर्नेहरू र अन्य हिंसात्मक अपराधीहरूले यस्ता कार्यक्रमहरुबाट फाइदा लिनसक्ने वक्तव्यमा उल्लेख छ । यद्यपी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले दावी गरेको नभई अपराधको पृष्ठभूमि भएमा वा अपराध गरेमा टीपीएस अस्वीकृत हुने र खारेज हुने प्रावधान रहदै आएको छ ।

अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेपनि यसबारे युएससीआईएस वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टीपीएसका कागजातको अवधि त्योबेलासम्म लम्बिने आशयको कुनै सूचना फेडरल रजिष्ट्ररमा भने जारी गरेको छैन । कानुन व्यवसायीहरुले अहिलेका लागि अदालतको निर्णयलाई नै त्यसको आधार मान्न सुझाव दिएका छन् । अदालतले अगस्ट १४, २०२५ लाई प्रारम्भिक मुद्दा व्यवस्थापन सम्मेलनको लागि सुरक्षित राखेको छ भने अक्टोबर ९, २०२५ लाई थप मुद्दा व्यवस्थापन सम्मेलनको रूपमा राखेको छ। अदालतले नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइको लागि सुरक्षित राखेको छ।

नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिएशो हो । मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको छ ।

नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com