अर्कान्सासमा दम्पति हत्याको आरोपमा एक व्यक्ति पक्राउ


प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार

अमेरिकाको अर्कान्सासमा दम्पति हत्याको आरोपमा एक व्यक्ति पक्राउ परेका छन ।

अर्कान्सास राज्य प्रहरीका अनुसार ओजार्क पहाडको डेभिल डेन स्टेट पार्क मा हाइकिङ गरिरहेका एक विवाहित जोडीको हत्या घटनासँग सम्बन्धित रहेको भन्दै एक व्यक्तिलाई पक्राउ गरिएको बताएको छ ।

२८ वर्षीय जेम्स एन्ड्र्यू म्याकग्यान नामक व्यक्ति अर्कान्सास कै एक व्यवसायिक स्थानबाट पक्राउ परेका हुन् । उनीमाथि दुईवटा हत्याको आरोप लगाइएको छ ।

हाइकिङ गरिरहेका दम्पति ४३ बर्षीय क्लिन्टन डेभिड ब्रिंक र ४१ बर्षीया क्रिस्टन अमान्डा ब्रिंकको हत्या भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरू आफ्नो ७ र ९ वर्षीया दुई छोरीसँग हाइक गर्दै थिए। आक्रमणमा ती साना छोरीहरू भने सुरक्षित रहेका छन् । अहिले छोरीहरु आफन्तको संरक्षणमा छन्।

हत्या कसरी गरियो भन्नेबारे प्रहरीले अझै खुलाएका छैनन्। घटनाको अनुसन्धानलाई दुईजनाको संयुक्त हत्या का रूपमा अगाडि बढाइएको छ । शनिबार दिउँसो फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो।

ब्रिंक परिवार हालै मात्र अर्को राज्यबाट सरेर अर्कान्सासको प्रेरी ग्रोभ भन्ने सानो सहरमा बस्न थालेका थिए । जुन ओक्लाहोमा सीमानजिकै पर्छ ।

प्रहरीले घटनाको दिन पार्कमा देखिएको एउटा शंकास्पद व्यक्तिको फोटो र स्केच सार्वजनिक गरेको थियो ।

डेभिल डेन स्टेट पार्क करिब २ हजार ५०० एकड क्षेत्रफलमा फैलिएको छ । झाडी तथा चट्टानले भरिएको प्राकृतिक क्षेत्र रहेको पार्कमा मोबाइल सेवा हुँदैन ।

घटना भएको डेभिल डेन स्टेट पार्क १.५ माइल लामो मोडोरेट डिभिकल्टी स्तरको ट्रेल हो । जसको थालनी केन्द्र पार्ककै भिजिटर सेन्टर नजिक छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com