ट्रम्पका कठोर शुल्कबीच अमेरिकी जीडीपीले दिएको चकित पार्ने नतिजा


प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू गरिएका आयात शुल्कका बाबजुद अमेरिकी अर्थतन्त्र अपेक्षाभन्दा उच्च दरमा वृद्धि भएको देखिएको छ।

अमेरिकी वाणिज्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा अमेरिकी सकल घरेलु उत्पादन (जीडीपी) वार्षिक ३ प्रतिशतको दरले वृद्धि भएको हो।

यो वृद्धिदर अघिल्लो त्रैमासिकमा देखिएको माइनस ० दशमलव ५ प्रतिशतको संकुचनको तुलनामा उल्लेखनीय सुधार हो। यस वृद्धिमा उपभोक्ता खर्चको वृद्धि मुख्य कारण रहेको वाणिज्य विभागले जनाएको छ।

तर, केही विश्लेषकहरूले ट्रम्पका शुल्कहरूले जीडीपीको वास्तविक चित्रलाई अस्पष्ट बनाएको टिप्पणी गरेका छन्। शुल्कबाट बच्न कम्पनीहरूले पहिले नै ठूलो मात्रामा वस्तु आयात गरेर स्टक जम्मा गरेका कारण पहिलो त्रैमासिकमा जीडीपी घटेको र दोस्रो त्रैमासिकमा आयातमा गिरावट आएपछि जीडीपी कृत्रिम रूपमा बढेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“जीडीपी वृद्धिको मुख्य कारण आयातमा आएको कमी हो, जुन जीडीपीको गणनामा ऋणात्मक रूपमा समावेश हुन्छ,” वाणिज्य विभागको वक्तव्यमा भनिएको छ।

ट्रम्पले अप्रिलमा ‘मुक्ति दिवस’ घोषणा गर्दै कडा शुल्कहरू लागू गरेपछि उपभोक्ता विश्वासमा गिरावट देखिएको थियो। तर पछिल्ला दुई महिनामा केही शुल्कहरू फिर्ता लिएपछि उपभोक्ता भावना र खर्चमा सुधार आएको छ।

यसबीच अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) आज साँझ नयाँ ब्याजदर सम्बन्धी निर्णय घोषणा गर्ने तयारीमा छ। लगानीकर्ताहरूको ठूलो बहुमत (९७ प्रतिशत)ले फेडले ब्याजदर यथावत राख्ने विश्वास व्यक्त गरेका छन्।

फेड अध्यक्ष जेरोम पावेलले अघिल्लो महिना वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “यद्यपि विश्वमा अनिश्चितता बढिरहेको छ, अमेरिकी अर्थतन्त्र हाल बलियो अवस्थामा रहेको छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com