नेपाली लगायतको टीपीएस खारेजीविरुद्धको सुनुवाई आज, ट्रम्प प्रशासनबाट ४८७६ पेज कागजात पेश


प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार

नेपालीको टीपीएस खारेजीविरुद्धको मुद्दाको सुनुवाई क्यालिफोर्नियाको समय अनुशार आज दिउसो २ बजे हुने भएको छ । यो सुनुवाइ न्यायाधीश ट्रिना एल थोम्पसनको अदालत कक्षमा हुनेछ। न्यायाधीश थोम्पसनलाई राष्ट्रपति जो बाइडेनले नोभेम्बर २०२१ मा मनोनयन गरेका थिए र मे २०२२ मा पुष्टि गरिएको थियो।

आजको सुनुवाईको ठीक अगाडि सोमबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाल, होण्डुरस र निकारागुवाको टीपीएस खारेजीका पक्षमा ४८७६ पेज लामो तर्क पेश गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालको टीपीएस खारेज गर्नुपर्ने तर्कसहितको १९८८ पेजको कागजात अदालतमा पेश गरेको छ । उक्त कागजातमा मूल कागजात र १३ भाग परिशिष्टहरु समावेश गरिएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निकागागुवाको टीपीएस खारेजीको तर्क गर्दै थप १७१९ र होन्डुरसको टीपीएस खारेजीको तर्क गर्दै थप ११६९ पेजका कागजातहरु पनि अदालतमा पेश गरेको छ ।

सोमबार वादी र प्रतिवादी दुवैले आगामी सुनुवाइका लागि अदालतको प्रश्नहरूको जवाफ पनि दायर गरेका छन्, जसमा नेशनल टीपीएस एलायन्सबाट २८ पेज र ट्रम्प प्रशासनबाट २४ पेज लामो जवाफ पेश गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि जुलाई २५ मा न्यूयोर्क सिटीले अमेरिकाका १३ वटा स्थानीय सरकारहरूको गठबन्धनमा सामेल भई नेपाल, होण्डुरस र निकागागुवाको टीपीएस खारेजी विरुद्धको मुद्दामा वादीहरूको समर्थनमा अदालतमा एमिकस ब्रिफ दायर गरेको थियो । उक्त एमिकस ब्रिफले विशेष गरी यी देशका टीपीएस खारेजीहरूको कार्यान्वयनमा ढिलाइ गर्न खोजेको छ, जुन नेपालका लागि २०२५ अगस्ट ५ मा तथा होन्डुरस र निकारागुआका लागि २०२५ सेप्टेम्बर ८ मा लागू हुने तय गरिएको छ।

नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिन्छ।

मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको छ। नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com