अमेरिका-युरोपियन युनियन व्यापार सम्झौताको झट्का, डलरको अगाडि युरोको ऐतिहासिक गिरावट


प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

तस्वीर स्रोत : अनस्प्लास

युरो मुद्रा सोमबार तीव्र गतिमा कमजोर बनेको छ। अमेरिकी डलरको तुलनामा युरो एकैदिनमा १ प्रतिशतसम्म घट्दा यो मे महिनापछि अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट देखिएको हो।

यो गिरावट युरोपियन युनियन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको नयाँ व्यापार सम्झौतापछि आएको हो, जसले युरोपेली अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता बजारमा फैलिएको छ।

नयाँ सम्झौताअनुसार, इयूबाट अमेरिका जाने अधिकांश वस्तुमा अब १५ प्रतिशतसम्म भन्सार महसुल लाग्नेछ। तर, ब्रसेल्सले वाशिङ्टनबाट कुनै ठूला रियायतहरू लिन नसकेको विश्लेषकहरूको भनाइ छ। यसअघि ट्रम्पले अगस्ट १ देखि ३० प्रतिशत भन्सार महसुल लगाउने चेतावनी दिएका थिए, जुनभन्दा यो दर केही कम भए पनि लगानीकर्ताहरूले यसलाई ‘नकारात्मक संकेत’का रूपमा लिएका छन्।

“सम्झौता हुनु राम्रो हो, तर वास्तविकता हेर्दा यो व्यापार सम्बन्धमा सुधार होइन, झन् बिग्रँदो अवस्था हो”, रोयल लन्डन एसेट म्यानेजमेन्टका ट्रेभर ग्रिथमले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपेली सेयर बजार पनि सम्झौताको सुरुवाती राहतपछि फेरि ओरालो लागेको छ। यूरोजोनको पहिलो त्रैमासिकमा ० दशमलव ४ प्रतिशत मात्र वृद्धि भएको अवस्थामा, निर्यात क्षेत्रमा यस्तो झट्काले अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।

फ्रान्सका प्रधानमन्त्री फ्राँस्वा बायरुले सम्झौताको कडा आलोचना गर्दै युरोपेली संघले ‘आत्मसमर्पण गरेको’ टिप्पणी गरे। जर्मनीको अतिवादी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ की नेतृ एलिस वेइडेलले भने यो सम्झौता “युरोपेली उपभोक्ता र उत्पादकहरूका लागि झापड” भएको बताइन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लायनले सम्झौताले ‘अनिश्चित समयमै निश्चितता ल्याउने’ दाबी गरिन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भने यस सम्झौताले ‘दुबै पक्षका व्यवसाय र जनतालाई स्थायित्व दिने’ बताएका छन्।

साथै, ट्रम्पले सोमबार बेलायती प्रधानमन्त्री सर कीअर स्टार्मरसँग भेट गर्दै औषधि उत्पादनमा भन्सार महसुल लगाउने तयारी भइरहेको बताएका छन्। यद्यपि, उनले बेलायत उच्च महसुलबाट जोगिने संकेत दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com