भोकले चिच्याउँदै गाजा : मानवीय संकटबीच इजरायली सेनाको यु-टर्न, राहत प्रवेश सुरु


प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार

इजरायली सेनाले आइतबार गाजाका केही क्षेत्रमा सैन्य गतिविधि रोक्ने घोषणा गरेको छ । यसले महिनौंदेखि भोकमरीको चपेटामा परेका लाखौं प्यालेस्टिनीहरूका लागि राहतको आशा जगाएको छ।

गाजा क्षेत्रमा भइरहेको मानवीय संकटका कारण विश्वभर आलोचना बढेपछि इजरायलले यो निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम अनुसार गाजाका झण्डै एक तिहाई मानिसहरूले दिनौंसम्म खाना पाएका छैनन्।

इजरायली सेनाले बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म गाजाका तीन क्षेत्रमा सैन्य गतिविधि रोकेर संयुक्त राष्ट्रसंघका राहत ट्रकहरूलाई सुरक्षित रूपमा प्रवेश गर्न दिने जनाएको छ। साथै, युएन राहत सामग्रीहरूका लागि स्थायी मार्ग समेत निर्धारण गरिने बताइएको छ।

पछिल्लो २४ घण्टामा मात्रै कुपोषणका कारण दुई बालबालिकासहित ६ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै पछिल्लो एक महिनामा भोक र कुपोषणका कारण मृत्यु हुनेको संख्या ५० नाघिसकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानवीय सहायता संस्थाहरूले इजरायलको यो कदमलाई स्वागत गरेका छन्। तर उनीहरू भन्छन् – ‘स्थायी युद्धविरामबिना गाजाको भोकमरी अन्त्य असम्भव छ।’

यसअघि पनि इजरायलले ‘ट्याक्टिकल पज’ घोषणा गरेको भए पनि अपेक्षित प्रभाव देखिएको थिएन। अहिले राहत केन्द्रहरूमा पनि अराजकता फैलिएको छ, जहाँ सयौं भोकाएका मानिसहरू राहत सामग्री लुट्न भिड्ने गरेका छन्।

संयुक्त राष्ट्रसंघका अधिकारीहरू भन्छन् – ‘इजरायलले सहायता समन्वयमा अनेक प्रशासनिक अवरोध खडा गर्दै आएको छ।’

इजरायली सेनाले गाजामा हवाईमार्गबाट राहत सामग्री फालेको दाबी गरे पनि संयुक्त राष्ट्रसंघले यसलाई “खर्चिलो र अप्रभावकारी” बताएको छ।

युद्ध सुरु भएदेखि हालसम्म करिब ६०,००० मानिस मारिइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमा हजारौं बालबालिका पनि छन्।

यो युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरी १,२०० जनाको हत्या र २५० जनालाई अपहरण गरेपछि सुरु भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको आवश्यकता औंल्याए पनि इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि तत्काल युद्ध रोक्न विशेष दबाब दिएका छैनन्।

गाजा अझै पनि मानवीय संकटको केन्द्रमा छ, जहाँ भोक, भय र बन्दुकको छायाँमा लाखौं मानिसहरू बाँच्न संघर्ष गरिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com