‘खुला सिमानाको नियमन आवश्यक’


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीको आइतबार सकिएको पाँचौ बैठकमा खुला सीमालाई सुरक्षित र सहज बनाउन भन्दै दुई देशबीच आवातजावत गर्दा कागजात अनिवार्य गर्नेबारे सकारात्मक कुराकानी भएको अधिकारीहरुले जनाएका छन्।

हवाईमार्गबाट यात्रा गर्दा जस्तै स्थलमार्गमा आवातजावतका लागि राहदानी वा नागरिकता जस्ता कागजात अनिवार्य गर्ने प्रस्तावमा दुवै पक्ष सकारात्मक भएको बताइएको हो।

खुला सिमानाका कारण विभिन्न खाले अवैध आवतजावत बढेको तथा सुरक्षा चुनौती थपिएको भन्दै त्यसलाई नियमन गर्न हाल कायम व्यवस्थामा पुनरावलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहका सदस्यहरु सकारात्मक भएको बताइएको छ।

आवातजावत गर्ने दुवै देशका नागरिकको अभिलेखीकरण, थप सुरक्षा जनशक्ति र प्रविधिको प्रयोग लगायतका विकल्पमा छलफल भएको समूहका एक सदस्य राजन भट्टराईले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रणाली

दुवै देशबीच आवागमनमा दोहोरो प्रणाली रहेको उल्लेख गर्दै उनले भने, ”नेपाल र भारतका नागरिक हवाईमार्गबाट आवतजावत गर्छन् भने पासपोर्ट वा नागरिकता देखाउनुपर्छ। तर स्थलमार्गबाट आवतजावत गर्दा चाहिं केही पनि आवश्यक नपर्ने जुन स्थिति उत्पन्न भएको छ, त्यो स्थिति दोहोरो मापदण्ड भयो। यस्तो संसारभर अपनाइँदैन। यस्तो दोहोरोपन कसरी हटाउने भन्ने हाम्रो समूहको विषय हो।”

तर सीमा नियमन गर्दा त्यसआसपास बस्ने दुवै देशका जनताको सहजतालाई भने नजरअन्दाज नगरिने समूहका सदस्यहरुको जोड छ।

सीमा सुरक्षा मजबुत बनाउन भन्दै भारतीय पक्षले प्रत्येक तीन किलोमिटरको दूरीमा सुरक्षा बल तैनाथ गरिसकेको छ।

प्रवुद्ध ब्यक्ति समूह

थप नयाँ सुरक्षा चौकीहरु स्थापना हुने क्रम चलिरहेको बताउँदै प्रबुद्ध ब्यक्ति समूहका सहसंयोजक भेख बहादुर थापाले खुला सिमानाको हालको अवधारणामा पुनरावलोकन गरिने बताए।

उनले भने, ”सीमा बन्द होइन, कुनै न कुनै प्रकारबाट नियमन गर्नुपर्छ। भारतबाट नियमनको प्रक्रिया शुरु भइसक्यो। उनीहरुले आफ्नो आवश्यकता अनुसार सीमा सुरक्षा बल राखिसकेका छन् तर हामीले राखेका छैनौं। त्यसैले जुन खुलापनको बारेमा हामीले धारणा राखेका छौं त्यसबाट हामी पर हटिसकेका छौं। कतिपयमा एकतर्फी निर्णयबाट, कतिपयमा सरसल्लाहबाट।”

मतभिन्नता

सीमा नियमनका अतिरिक्त अन्तर्राष्ट्रिय अभ्यास र मान्यताका आधारमा, हराएका पिलर खोज्ने र नयाँ बनाउने, विवादास्पद भूमि र दसगजाको अतिक्रमण लगायतमा समेत निकास खोज्नुपर्नेमा कुनै मतभिन्नता नरहेको बताइएको छ।

ईपीजीको दुई दिने बैठकमा बहुचर्चित तथा नेपाली पक्षले असमान ठानेका १९५०को सन्धिमाथिको छलफलमा प्रगति भइरहेको भन्दै समूहका सदस्यहरुले उक्त सन्धि यथास्थितिमा नरहनेमा आफूहरु आशावादी रहेको जनाएका छन्।

हालसम्मको प्रगति हेर्दा उक्त सन्धि यथास्थितिमा नरहनेमा आफूहरु आशावादी रहेको समूहका नेपाली प्रतिनिधिहरुले जनाएका छन्।

त्यसका अतिरिक्त दुई देशबीचको व्यापार, पारवहन, उर्जा, सामाजिक र सांस्कृतिक सम्बन्धका बारेमा समेत गम्भीरतापूर्वक छलफल भएको बताइएको छ।

तर तिनमा भएको कमीकमजोरीको पुनरावलोकन हुन्छ वा तिनलाई अध्यावधिक वा विस्थापित गरिन्छ भन्ने विषयको विधिवत् टुङ्गो आगामी जुलाई महिनामा मात्रै हुनेछ जब उक्त समूहले आफ्नो प्रतिवेदन नेपाल र भारतका सरकारहरुलाई बुझाउनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com