अमेरिका छाड्दा कागजी आई ९४ बुझाउन बिर्सनु त भएन? अब के गर्ने?


प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार

यदि तपाईसँग कागजी आई ९४ छ भने तपाईले अमेरिका छाड्ने बेला पोर्ट अफ इन्ट्रीमा फिर्ता गर्नुपर्छ । अमेरिकाबाट प्रस्थान गर्दा कागजी फारम आई ९४ भएका यात्रुहरूले प्रस्थान गर्दा  यसलाई व्यावसायिक वाहक, क्यानेडियन सीमा सेवा एजेन्सी वा अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपी अधिकारीलाई बुझाउनुपर्छ।

यदि तपाईं व्यावसायिक विमान वा पानीजहाजबाट प्रस्थान गर्नुभएको भएमा सामान्यतया तपाईंको अमेरिकाबाट प्रस्थान स्वचालित रुपमा प्रमाणित गर्न सकिन्छ । र थप कुनै कारबाही गर्न आवश्यक छैन । यद्यपि तपाईंको अमेरिकाबाटबाहिर प्रस्थान गर्दाको बोर्डिङ पास बोक्नाले अर्को पटक अमेरिका फर्कँदा तपाईंको पुन प्रवेशलाई सहज बनाउन मद्दत गर्नसक्ने सीबीपीले जनाएको छ ।

यदि तपाईं स्थल निजी जहाज वा निजी विमानबाट प्रस्थान गर्नुभएको छ भने तपाईंले रेकर्ड सच्याउन कदम चाल्नुपर्नेछ।  यदि तपाईं भिसा छूट कार्यक्रमका आगन्तुक हुनुहुन्छ जसले क्यानडा वा मेक्सिकोमा स्थलमार्गबाट अगाडिको उडानको लागि यात्रा गर्नुभएको छ भने तपाईंले अमेरिकाबाट बाहिर निस्कँदा तपाईंको आई ९४ बुझाउनुभएन भने  समयमै प्रस्थान दर्ता गर्नु विशेष गरी महत्त्वपूर्ण छ। हवाई वा समुद्री वाहकबाट अमेरिका छोड्नेहरुले  चिन्ता लिनु पर्दैन।

तपाईले अमेरिका छोड्दा आई ९४ फिर्ता गर्न बिर्सनुभएमा के गर्ने? तपाईंले अमेरिका छोडेको प्रमाणित गर्ने कुनै पनि कागजातको साथ हुलाकबाट फिर्ता पठाउनुपर्छ । आई ९४ फिर्ता पठाउने हुलाक ठेगानाका लागि यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका छाड्नेबेला फिर्ता गर्न बिर्सेको खण्डमा आफ्नो आई ९४ वा सहायक जानकारी अमेरिकी दूतावास वा अमेरिकाको सीबीपी कार्यालयमा नपठाउन सीबीपीले सुझाव दिएको छ । तोकिएको स्थानमा पठाएमामात्र भविष्यमा असुविधा हुनबाट रोक्नको लागि सीबीपी रेकर्डहरूमा आवश्यक सुधारहरू गर्न सक्षम हुने सीबीपीको भनाई छ ।

हुलाकबाट आई ९४ पठाइसकेपछि पत्राचारको जवाफ नदिने स्पष्ट पार्दै रेकर्ड अद्यावधिक गरे नगरेको पुष्टि गर्न अनुरोध नगर्न समेत सचेत गराइएको छ । अमेरिका छाडेको प्रमाणीकरण गर्न अर्को देश उडान गरेको भएमा प्रस्थान गर्न प्रयोग गरेको मूल बोर्डिङ पासहरू, अमेरिकाबाट प्रस्थान गरेपछि अर्को देशमा प्रवेश गरेको संकेत गर्न पासपोर्टमा लगाइएको प्रवेश वा प्रस्थान स्ट्याम्पहरूको फोटोकपीहरू पठाउन सुझाव दिइएको छ । त्यसका लागि पासपोर्टको बायोग्राफी पेज र पूर्ण रुपमा खाली नभएका सबै पेज स्क्यान गरेर पठाउन सुझाव दिइएको छ ।

अन्य सहायक प्रमाणहरूका रुपमा अमेरिकाबाट प्रस्थान गरेपछि अर्को देशमा काम गरेको प्रमाणित गर्न रोजगारदाताबाट मिति उल्लेखित पे स्टबहरू वा भाउचरहरू, लेनदेनहरू देखाउने मिति उल्लेखित बैंक रेकर्डहरू, विद्यालय रेकर्डहरू र खरिदहरूको लागि तपाईंको नाम देखाउने क्रेडिट कार्ड रसिदहरुका फोटोकपी समेत पठाउन सकिनेछ ।

रेकर्डहरू छिटो सच्याउन मद्दत गर्न अंग्रेजीमा स्पष्टीकरण पत्र संलग्न गर्न सुझाव दिइएको छ । उल्लेख गरे अनुशारका सहायक प्रमाण नभएसम्म अमेरिका छाडेको बयान स्वीकार्य नहुने र पढ्न सकिने प्रतिलिपिहरू वा ओरिजिनल कागजातहरू पठाउन सुझाव दिइएको छ । यदि ओरिजिनल कागजात पेश गरेमा आफूसँग प्रतिलिपि राख्न पनि सुझाव दिइएको छ । किनभने सीबीपीले प्रशोधन पछि ओरिजिनल कागजातहरू फिर्ता गर्न सक्दैन।

साथै पठाएका सबै कागजातको प्रतिलिपि राख्न र अर्को पटक अमेरिका आउँदा आफूसँग बोक्न सीबीपीले जोड दिएको छ । किनभने सीबीपी अधिकारीलाई प्रवेशको योग्यता बारे कुनै प्रश्न गरेमा ती कागजातहरु पोर्ट अफ इन्ट्रीमा देखाउनुपर्छ । यदि यी कागजातहरू आफूसँग भएमा कुनै कारणले हुलाकबाट पठाएको विवरण अपडेट नभएको खण्डमा समेत प्रवेश गर्दा रेकर्डहरू पोर्ट अफ इन्ट्रीमा समेत सच्याउन सकिने सीबीपीले प्रष्ट पारेको छ ।

३० दिनभन्दा कम समयका लागि क्यानाडा, मेक्सिको, वा क्यारिबियन आइल्याण्डमा जानेहरुले भने आई ९४ रेकर्ड आफैसँग राख्नुपर्छ । सीबीपीलाई बुझाउनु हुँदैन । ३० दिनभन्दा लामो समयका लागि क्यानाडा, मेक्सिको, वा क्यारिबियन आइल्याण्डबाहिर जानेहरुलेमात्र आई ९४ बुझाएर जानुपर्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com