सातबर्ष अगाडि अमेरिका आएकालाई ग्रिनकार्ड दिने बिल सिनेटमा ल्याइदै


प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

अमेरिकी सिनेटर एलेक्स पाडिलाले सातबर्ष अगाडि अमेरिका आएका कागजातविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सिनेटमा प्रस्तुत गर्ने भएका छन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर पाडिलाले अमेरिकामा ग्रिनकार्डको बाटोमा जान चाहने आप्रवासीहरूका लागि दशकौं पुरानो आवश्यकताहरूलाई संशोधन गर्ने बिल ल्याउन लागेका हुन् ।

सन् १९८६ पछि अमेरिकी संसदले कुनै पनि प्रमुख आप्रवासन सुधार पारित नगर्दा रजिष्ट्री अन्तरगत ग्रिनकार्ड पाउनका लागि बसोबास आवश्यकताहरू अब ५० वर्ष भन्दा पुरानो भइसकेका छन्। प्याडिलाले ल्याउने बिल अन्तर्गत १९२९ को अध्यागमन ऐनलाई संशोधन गरिने प्रस्ताव गरिएको छ ।

आप्रवासीहरू कम्तिमा सात वर्षदेखि लगातार अमेरिकामा बसोबास गरेका भएमा उनीहरू ग्रिनकार्डको हैसियतको लागि योग्य बनाउन ऐन संसोधन प्रस्ताव गरिएको हो ।

हाल रजिस्ट्री कटअफ मिति जनवरी १, १९७२ हो । अर्थात् यो कानून अन्तरगत जनवरी १, १९७२ भन्दा अगाडि अमेरिका आएकाहरु ग्रिनकार्डका लागि योग्य हुनसक्छन् । बिलमा गरिएको परिवर्तन प्रस्तावले डाका र टीपीएसवाहकहरुलाई ग्रीन कार्डको बाटो प्रदान गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा लगभग १ करोड १० लाख कागजातविहीन आप्रवासीहरू रहेको तर धेरैजसोसँग ग्रिनकार्ड प्राप्त गर्ने कुनै उपाय नभएकाले यो बिल ल्याउन लागिएको पाडिलाको कार्यालय जनाएको छ । पाडिलाले सोमबार औपचारिक रूपमा आफ्नो बिल प्रस्तुत गर्नेछन्।

संसदका दुवै सदनमा रिपब्लिकनहरूको नियन्त्रण कायम रहेको अवस्थामा यो बिल पारित हुन भने मुस्किल रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको देशनिकाला प्रयासप्रति बढ्दो निराशा भएको नयाँ सर्वेक्षणहरूले देखाइरहँदा पाडिलाको बिल आएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com