अस्ट्रेलियाली प्रधानमन्त्रीले भने – गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था


प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराव र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन् ।

शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका हुन् ।

गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उनले बताए ।

उनले इजरायललाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरूको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ (यूएन) र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो ।

उनले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

निर्दोषको जीवन रक्षा गरी गाजाका जनताको पीडा र भोकमरी अन्त्य गर्न अहिले सबै प्रयासहरू गरिनु पर्ने उनले बताए ।

अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशहरूसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com