अमेरिकामा आठ दिनमा २४३ आप्रवासी पक्राउ, ५० जनालाई तत्काल फिर्ता पठाउने तयारी


प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार

अमेरिकाको अध्यागमन तथा सीमाशुल्क प्रवर्तन (आइस) ले २४३ जना कागजातविहिन आप्रवासीहरुलाई पक्राउ गरेको छ ।

डेनवर क्षेत्रमै आठ दिन लामो अपरेसन सञ्चालन गरी २४३ अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको आइसले बताएको छ ।

तीमध्ये सबैको आपराधिक इतिहास रहेका व्यक्तिहरु रहेको बताइएको छ। अपरेसन जुलाई १२ देखि २० सम्म सञ्चालन भएको थियो ।

यो कारवाही गैर अपराधिक आप्रवासीहरूलाई समेत बढ्दो संख्यामा पक्राउ गरिँदै गएको सन्दर्भमा आएको हो । जसले जनस्तरमा आलोचना बढाइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइस ले पक्राउ परेकाहरू अमेरिकी भूमिमा गैरकानुनी रूपमा प्रवेश गरी, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न थिए भनेर विज्ञप्तिमा भनेको छ । कतिपय हत्या, मानव तस्करी, यौन हिंसा, लागूऔषध कारोबारजस्ता गम्भीर अपराधमा संलग्न रहेको आइसको आरोप रहेको छ ।

कारवाहीमा मादक पदार्थ सेवनपछि सवारी चलाएको, डकैती, चोरी तथा लागूपदार्थसम्बन्धी मुद्दामा संलग्न व्यक्तिहरू पनि समावेश रहेका छन्। आइसले जारी गरेको विज्ञप्तिमा २४३ व्यक्तिहरू सबै पक्राउ परेका आप्रवासीहरू हुन् वा ती केवल आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू मात्र हुन् भनेर स्पष्ट पारिएको छैन ।

पक्राउ परेकाहरूमध्ये ५० जनालाई अमेरिका बाट फिर्ता पठाउने आदेश लागू हुने बताइएको छ। आइसका डेनवर फील्ड अफिस निर्देशक रोबर्ट गुआडियनले यीमध्ये धेरै व्यक्तिहरू स्थानीय जेलबाट रिहा गरिएका रहेका बताएका छन ।

आइसले कम्तीमा ९ व्यक्तिहरू आपराधिक गिरोह वा लागूपदार्थ कारोबारमा संलग्न रहेको शंका गरिएको बताएको छ । तीमध्ये ४ जना भेनेजुएलामा स्थापना भएको कुख्यात गिरोह सँग आवद्ध भएको दाबी गरिएको छ।

यो गिरोहले कोलोराडोको अरोरा क्षेत्रमा आफ्नो गतिविधि फैलाएको भन्दै विगत वर्ष डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा विशेष रूपमा उठाएका थिए ।

आइस का अनुसार पक्राउ परेकाहरू कम्तीमा १७ देशहरूबाट आएका छन् । पक्राउ पर्नेमा मेक्सिको, भेनेजुएला, होन्डुरस, निकारागुआ र कोलम्बिया धेरै रहेका आइसका अधिकारीहरुले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com