अमेरिकाको ओहायोमा प्रहरी अधिकृतको गोली हानी हत्या, आक्रमणकारी पनि मारिए
प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार
अमेरिकाको ओहायो राज्यमा एक प्रहरी अधिकारीको हत्या भएको छ । उनी र उनका साथी प्रहरी अधिकारीमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए ।
उनीहरू एक एकान्त स्थानमा बसेर पिज्जा खान गएका बेला आक्रमण भएको हो । लोरन प्रहरीका अनुसार यो घटना क्लीभल्यान्ड नजिकैको लोरन शहरमा भएको थियो ।
प्रहरी अधिकारी ३५ बर्षीय फिलिप सी वाग्नरलाई गोली लागेपछि हेलिकप्टरबाट क्लीभल्यान्डको मेट्रोहेल्थ मेडिकल सेन्टर पुर्याइएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।
घटनामा वाग्नरका सहकर्मी दुई अन्य प्रहरी अधिकारीहरू पनि घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । अर्कोलाई हातमा गोली लागेको छ ।
प्रहरीले आक्रमणकारी २८ वर्षीय माइकल जोसेफ पार्करलाई घटनास्थलमै प्रहरीले गोली हानेर मारेको पुष्टि गरेका छन् । उनी लोरनकै बासिन्दा थिए । प्रहरीले अनुसार उनी एक्लै थिए । आक्रमणको उद्देश्यबारे अहिलेसम्म केही खुलाइएको छैन।
वाग्नर सन् २०२२ मा लोरन प्रहरी विभागमा भर्ती भएका थिए । त्यसअघि उनी अमेरिकी मरीन कोर्प्स र शेफिल्ड भिलेज प्रहरी विभागमा कार्यरत थिए ।
प्रहरीले पार्करको सवारीसाधन वरिपरि धेरै बन्दुक, हातहतियार र ठूलो मात्रामा विष्फोटक सामग्री फेला पारेको छ ।
लोरन काउन्टीका कोरनर डा फ्र्याङ्क मिलरले पार्करको पोस्टमार्टम रिपोर्टले उनको मृत्यु प्रहरीको गोलीबाट भएको हो भन्ने पुष्टि गरेको बताएका छन ।
वाग्नर र गेल एकान्त स्थानको नदी किनार नजिकैको सडकमा पिज्जा खान बसेका बेला उनीहरूमाथि हमला भएको थियो । त्यसपछि सहयोगका लागि पुगेका पेन पनि आक्रमणमा परेका थिए ।
पार्कर लोरनको एउटा दुईतले ईंटको घरमा आफ्ना आमाबुवासँग बस्दथे। छिमेकीहरूका अनुसार उनी शान्त स्वभावका थिए । तर सधैं गम्भीर देखिन्थे।
घटनापछि प्रहरीहरूले उनका घरमा ड्रोन उडाएर करिब पाँच घण्टा अनुसन्धान गरेका थिए।






