राजनीति र प्रविधिको युद्धमा ब्रेक ! ट्रम्पले देखाए मस्कप्रति सहानुभूति


प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डलर अर्बपति एलन मस्कका कम्पनीहरूमाथि संघीय सहायता कटौती नगर्ने घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले मस्कका कम्पनीहरूलाई नष्ट गर्ने कुनै योजना नरहेको स्पष्ट पारे । उनले मस्कका व्यवसायहरू अमेरिका भित्र फस्टाऊन चाहेकेो जिकिर गरे ।

“सबैले भनिरहेका छन् कि मैले एलनले अमेरिकी सरकारले दिने ठूलो मात्राको सहायता हराउने भएपछि उनका कम्पनीहरू नष्ट हुनेछन्। यो सत्य होइन ! म एलनलाई र हाम्रो देशभित्रका सबै व्यवसायहरूलाई फस्टाउन भन्ने चाहन्छु,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्।

ट्रम्पको यो अभिव्यक्ति त्यतिबेला आएको हो, जब उनी र एलन मस्कबीच गत जुन ५ मा करसम्बन्धी विधेयकका कारण सार्वजनिक विवाद भएको थियो। मस्कले खुलेर ट्रम्पको कर कटौती र खर्च सम्बन्धी विधेयकको विरोध गरेका थिए। त्यसपछि ट्रम्पले मस्कका कम्पनीहरूसँग भएका अर्बौं डलरका संघीय सम्झौताहरू रद्द गर्ने धम्की दिएका थिए।

बुधबार मस्कले टेस्लाका लगानीकर्ताहरूसँगको छलफलमा अमेरिकी सरकारले विद्युतीय सवारी निर्माताहरूलाई दिने सहयोग कटौती गरेमा टेस्लाले “केही कठिन त्रैमासिकहरू” सामना गर्नुपर्ने बताएका थिए । मस्कका अनुसार नीतिगत अस्थिरताले बजारमा अनिश्चयता बढाइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एलन मस्कले सन् २०२४ को नोभेम्बर राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन एक अर्ब डलरभन्दा बढी सहयोग गरेका थिए। त्यतिबेलाको ट्रम्प प्रशासनभित्र उनले सरकारी कार्यक्षमता विभागको नेतृत्व गरेका थिए। उनी प्रशासनमा रहँदा बजेट घटाउने, संघीय कर्मचारी कटौती गर्ने लगायतका विवादास्पद योजना अघि बढाएका थिए।

तर, मे २०२५ को अन्त्यतिर मस्क प्रशासनबाट बाहिरिएर फेरि आफ्ना प्रविधिमूलक कम्पनीहरूमा केन्द्रित भएका थिए। यही समयमा ट्रम्प र मस्कबीचको सम्बन्धमा दरार आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com