अमेरिकी ‘बीफ’ अस्ट्रेलियाको बजारमा बेच्न पाइने, २००३ देखिको प्रतिबन्ध हट्यो


प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार

Beef

फोटो : सिन्डी हेन्सन/अनस्प्ल्याश

अस्ट्रेलियाले अमेरिकाबाट गोरुको मासु (बीफ) अर्थात गोमांस आयातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ ।

सन् २००३ मा ‘म्याड काउ डिजिज’ (बोवाइन स्पन्जिफर्म इन्सेफालोप्याथी) को प्रकोपपछि अमेरिकाको गोरु मासुलाई अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको थियो । व्यापारिक अवरोधले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई असन्तुष्ट तुल्याएको थियो ।

अस्ट्रेलिया विश्वकै कडाभन्दा कडा जैविक सुरक्षासम्बन्धी कानुनहरू भएको देश मानिन्छ । तर अब अस्ट्रेलियाको कृषि मन्त्रालयले अमेरिकाले गोरु मासुको सुरक्षासम्बन्धी मापदण्डमा सुधार गरेको ठहर गर्दै उक्त प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

यसअघि अप्रिलमा ट्रम्प प्रशासनले अस्ट्रेलियाली वस्तुहरूमा ‘लिबरेशन डे’ योजनाअन्तर्गत १० प्रतिशत वा सोभन्दा बढीको ट्यारिफ लगाउँदा अमेरिकी गोरु मासुमा अस्ट्रेलियाको प्रतिबन्धलाई एउटा कारणका रूपमा देखाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्ट्रेलियाले यो निर्णयको समय व्यापार विवादसँग सम्बन्धित नभएको दाबी गरेको छ । एक दशक लामो विभागीय समीक्षा पछि यस्तो निर्णय लिइएको अस्ट्रेलियाले बताएको हो।

कृषिमन्त्री जुली कोलिन्सले विभागले विज्ञानमा आधारित कडा जोखिम मूल्याङ्कन गरेको र अमेरिका जैविक सुरक्षासम्बन्धी खतरा व्यवस्थापन गर्न सक्षम भएपछि यो निर्णय गरिएको बताइन ।

“यो निर्णय पूर्णतः वैज्ञानिक आधारमा गरिएको हो। अल्बानीजको लेबर सरकारले जैविक सुरक्षामाथि कहिल्यै सम्झौता गर्ने छैन ” उनले प्रष्ट पारिन ।

तर विपक्षी नेताहरूले भने सरकारले ट्रम्पलाई खुसी पार्न प्रतिबन्ध हटाएको आरोप लगाएका छन् ।

नेशनल पार्टीका नेता डेभिड लिट्लप्राउडले “यो निर्णय ट्रम्पलाई मन पराउन गरिएको सम्झौता जस्तो देखिन्छ। हामी यस्तो कुरा चाहन्नौं। मलाई विज्ञान देखाउनुस्।”

सन् २०१९ मै अमेरिको मासु प्रतिबन्ध प्राविधिक रूपमा हटाइए पनि मेक्सिको र क्यानाडाबाट आयात हुने गोरुको मासुमा भने प्रतिबन्ध कायमै थियो ।

अमेरिका, क्यानाडा र मेक्सिकोको आपूर्ति श्रृंखला आपसमा जोडिएको छ । त्यसले अमेरिकी गोरुको मासुलाई पनि प्रभाव पारिरहेको थियो ।

तर पछिल्ला महिनाहरूमा अमेरिकाले गोरुहरूको उत्पत्ति पत्ता लगाउने प्रणालीमा सुधार गर्दै रोग फैलिएको खण्डमा छिटो प्रतिक्रिया दिन सजिलो बनाएको छ ।

अमेरिका अस्ट्रेलियाको सबैभन्दा ठूलो गोरु मासु निर्यात गन्तव्य हो । गत वर्ष १४ बिलियन अस्ट्रेलियाली डलर अर्थात ९.२ बिलियन अमेरिकी डलर मूल्य बराबरको निर्यात भएको थियो।

ट्रम्पले अस्ट्रेलियाली उत्पादनहरूमा कर लगाउँदा गोरु मासु उद्योगलाई विशेष रूपमा उल्लेख गर्दै पारस्परिक कर लागू गरेको बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com