अमेरिका-चीन व्यापार वार्ता आउँदो साता स्विडेनमा, शुल्क वृद्धि रोक्न समयसीमा लम्ब्याउने तयारी


प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार

अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले चिनियाँ समकक्षीसँग आउँदो साता स्विडेनको राजधानी स्टकहोममा व्यापार वार्ता गर्ने बताएका छन् । वार्ताको मुख्य उद्देश्य अगस्ट १२ मा समाप्त हुने अस्थायी सम्झौताको म्याद लम्ब्याउने र उच्च शुल्क वृद्धि रोक्ने प्रयास हुनेछ।

बेसन्टले मंगलबार फक्स बिजनेस नेटवर्कसँगको अन्तर्वार्तामा भने, “चीनसँगको व्यापार अहिले निकै राम्रो अवस्थामा पुगेको छ। हामी एक नयाँ रचनात्मक स्तरमा पुगिसकेका छौं र अब धेरै कामहरू अगाडि बढाउन सकिने देखिएको छ।”

उनका अनुसार, स्टकहोममा हुने बैठक सोमबार र मंगलबारका दिन हुने तय भएको छ।

स्विडेनी प्रधानमन्त्री उल्फ क्रिस्टरसनले एक्समार्फत वार्ताको पुष्टि गरेका छन्। उनले लेखे, “दुवै देश स्वीडेनमा भेटेर आपसी समझदारी खोज्न इच्छुक हुनु सकारात्मक संकेत हो।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्तामा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ, चिनियाँ वाणिज्य मन्त्री वाङ वेनटाओ, प्रमुख व्यापार वार्ताकार ली चेंगगाङ, अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर सहभागी हुने अनुमान गरिएको छ। यद्यपि वाशिङ्टनस्थित चिनियाँ दूतावासले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

गत मे महिनादेखि अमेरिका र चीनबीच जेनेभा र लन्डनमा दुईपटक उच्चस्तरीय व्यापार वार्ता भइसकेको छ। वार्ताका क्रममा चीनले दुर्लभ धातु र चुम्बकको निर्यातमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएपछि अमेरिका पनि अर्धचालक डिज़ाइन सफ्टवेयर, विमान इन्जिन र अन्य सामग्रीको आपूर्ति पुनः सुरु गर्न तयार भएको थियो।

हालको सम्झौता अनुसार, दुबै देशले ९० दिनको समयसीमा तोकेका छन्, जसमा चीनको अनुदानद्वारा चलाइने निर्यात(केन्द्रित उद्योग र विश्व बजारमा सस्तो सामानको बाढी जस्ता विषयहरू समाधान गरिनुपर्नेछ। सम्झौता नभए अमेरिकी पक्षले १४५ प्रतिशत र चिनियाँ पक्षले १२५ प्रतिशतसम्मको शुल्क पुनः लगाउने तयारी गरिरहेका छन्।

बेसन्टले भने, “हामी स्टकहोममा हुने वार्तामा सम्भावित समयसीमा विस्तारको तयारी गर्दैछौं। साथै, चीनको अत्यधिक उत्पादनमा आधारित अर्थतन्त्रलाई उपभोक्ता–केन्द्रित बनाउने दिशामा छलफल हुनेछ।”

उनले चीनले अत्यधिक उत्पादन घटाएर घरेलु उपभोक्ता बजार विस्तारमा ध्यान दिने आशा व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com