युएससीआईएसद्वारा एसाइलम र टीपीएस सहित आवेदनमा नयाँ शुल्क लागु


प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार

युएससीआईएसले जुलाई २२ देखि एसाइलम र टीपीएस लगायतका विभिन्न अध्यागमन आवेदनहरुका लागि नयाँ शुल्कहरू लागू गरेको छ । यससम्बन्धी विस्तृत   जानकारी मंगलबार फेडरल रजिस्टरमा प्रकाशित  भएको छ । यी शुल्कहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मेगाबिलमा आधारित रहेका छन् ।

आवेदकहरूले जुलाई २२, २०२५ वा त्यसपछि पोस्टमार्क गरिएका आवेदनहरुसँग यी नयाँ शुल्कहरू समावेश गर्नुपर्नेछ। युएससीआईएसले एक महिनाको छुट अवधि पनि दिएको छ । अगस्त २१, २०२५ वा त्यसपछि पोस्टमार्क गरिएका कुनै पनि फारमहरू सही शुल्कबिना पठाइएमा अस्वीकृत गरिने युएससीआईएसको चेतावनी छ । फेडरल रजिस्टरमा  प्रकाशित सूचनाले शुल्क कार्यान्वयन, भुक्तानी प्रक्रियाहरू र नियमको पालना नगर्दाका परिणामहरू बारे जानकारी दिनेछ।

एसाएइलम आवेदनका लागि अब १ सय डलरको फाइलिङ शुल्क लाग्नेछ । यसबाहेक वार्षिक एसाइलम शुल्क १ सय डलर अनलाइन भुक्तानी गर्नुपर्नेछ । एसाइलम आवेदन विचाराधीन रहँदासम्म यो प्रत्येक क्यालेन्डर वर्षको लागि लागू हुनेछ । अक्टोबर १, २०२४ पछि फाइल गरिएका र ३६५ दिनसम्म विचाराधीन रहेका आवेदनहरूका लागि फाइलिङ मितिको एक वर्षको वार्षिकोत्सवमा र त्यसपछि वार्षिक रूपमा यो शुल्क लागु हुनेछ ।

अक्टोबर १, २०२४ सम्म विचाराधीन रहेका आवेदनहरूका लागि यदि आवेदन सेप्टेम्बर ३०, २०२५ सम्म युएससीआईएएसमा विचाराधीन रहेका एकसय डलर शुल्क लागू हुनेछ, तर आवेदन विचाराधिन रहेका अघिल्लो वर्षहरूको लागि भने शुल्क लाग्ने छैन।

एसाइलम आवेदन, टीपीएस वापरोलमा आधारित वर्क परमिटका लागि पनि पहिलो पटक आवेदनहरूका लागि शुल्क ५५० डदर र नवीकरण वा विस्तार आवेदनहरूका लागि २७५ डलर लाग्ने भएको छ । परोल र टीपीएसवाहकका लागि वर्क परमिटको वैधता अधिकतम एक वर्ष हुनेछ । उनीहरूको परोल वा टीपीएसको अवधि त्यो अगाडि नै समाप्त हुने भएमा वर्क परमिटको बैधता पनि त्यतीसम्ममात्र हुनेछ ।

टीपीएसको आवेदन शुल्क अब ५ सय डलर लाग्नेछ । जसमा ३० डलरको बायोमेट्रिक सेवा शुल्क समावेश छैन, जुन छुट योग्य हुन सक्छ। फेडरल रजिष्ट्ररमा प्रकाशित हुने सूचनाले सबै शुल्कहरू समावेश गर्दैन । गैर आप्रवासी भिसा अखण्डता शुल्क लगायतका शुल्कहरू कार्यान्वयनको जटिलता र विदेश मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएकाले आगामी दिनमा सम्बोधन गरिने भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com