ढाकामा बंगलादेश वायु सेनाको विमान कलेजमा ठोक्किँदा १९ जनाको मृत्यु, ५० बढी घाइते


प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार

बंगलादेशको राजधानी ढाकामा सोमबार एक विमान दुर्घटना भएको छ। बंगलादेश वायु सेनाको एफ-७ बीजीआई प्रशिक्षण विमान उत्तरास्थित मिलस्टोन स्कूल एन्ड कलेजको परिसरमा खस्दा कम्तीमा १९ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी बालबालिका र वयस्क घाइते भएका छन्।

राष्ट्रिय बर्न तथा प्लास्टिक सर्जरी इन्स्टिच्युटका चिकित्सकका अनुसार धेरै घाइतेलाई जलनको चोट लागेको छ र उनीहरूको अवस्था गम्भीर छ।

वायु सेनाको अनुसार उक्त विमान सोमबार दिउँसो १ : ०६ बजे उडेपछि केही मिनेटमै नियन्त्रण गुमाएर विद्यालय भवनमा ठोक्किएको थियो।

दुर्घटनापछि स्थानिय बासिन्दा, विद्यार्थी, अभिभावक र विद्यालयका शिक्षकहरूले निकै त्रासद अवस्था झेले। घटनास्थलमा ठूलो आगो लागेको र बाक्लो धुवाँ निस्किरहेको दृश्य भिडियोहरूमा देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिँदै विमानका अवशेषहरूमा पानी छर्किएका थिए। विमानले भवनको भित्तामा ठोक्किँदा फलामे झ्यालहरू च्यातिएको र ठूलो प्वाल परेको दृश्य देखिएको छ।

ढाका मेडिकल कलेजका बर्न युनिट प्रमुख डा. बिधान सरकारले एक कक्षा ३ की छात्राको घटनास्थलमै मृत्यु भएको र अन्य १२, १४ र ४० वर्षका घाइतेहरूलाई उपचारका लागि ल्याइएको जानकारी दिए।

विद्यालयका शिक्षक मासुद तारिकले भने, “म आफ्ना बच्चाहरू लिन गेटतिर गइरहेको थिएँ। त्यत्तिकैमा ठूलो आवाज आयो। फर्किएर हेर्दा केवल आगो र धुवाँ मात्र देखेँ।”

घटनापछि बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले दुःख व्यक्त गर्दै दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिने र पीडित परिवारलाई सबै प्रकारको सहायता प्रदान गरिने बताएका छन्।

“वायु सेनाको क्षति, विद्यार्थी, शिक्षक र अभिभावकले भोगेको यो पीडा अपूरणीय छ,” उनले भने।

यो दुर्घटना भारतको अहमदाबादमा केही हप्ता अघि भएको अर्को विमान दुर्घटनाको सम्झना दिलाउँछ, जहाँ एयर इन्डियाको विमान मेडिकल कलेजको होस्टेलमा खस्दा २४१ यात्रु र अन्य १९ जनाको मृत्यु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com