अमेरिकाद्वारा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशको भिसा रद्द


प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार

अमेरिकाले ब्राजिलको सर्वोच्च अदालतका आठजना न्यायाधीशको भिसा रद्द गरेको छ । विदेशमन्त्री मार्को रुबियोले ब्राजिलका आठजना सर्वोच्च अदालतका न्यायाधीशहरूको अमेरिकी भिसा रद्द गरेको बताइएको छ ।

यो कदम अमेरिकी प्रशासनले ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई सैनिक ‘कू’ प्रयाससम्बन्धी मुद्दाबाट बचाउन थालेको हस्तक्षेपको भागको रूपमा देखिएको छ ।

सन् २०२२ को निर्वाचनमा वामपन्थी उम्मेदवार लुइज इनासियो लुला दा सिल्भासँग हारपछि बोल्सोनारोले सत्ता कब्जा गर्न हिंसात्मक योजना बनाएको आरोप लागेको छ ।

उनीमाथि अहिले अदालतमा मुद्दा चलिरहेको छ । उनी दोषी ठहरिएमा ४३ वर्षसम्मको जेल सजाय हुन सक्छ । ४ जुलाईमा ब्राजिलीय संघीय प्रहरीले बोल्सोनारोको घरमा छापा मारी उनलाई इलोक्ट्रोनिक ट्र्याकिङ ट्याग लगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसपछि रुबियोले एक्स मा लेख्दै बोल्सोनारोमाथिको अनुसन्धानलाई “राजनीतिक खिचातानी”को संज्ञा दिँदै अनुसन्धानकर्ता न्यायाधीश अलेक्सान्द्रे डि मोराएस तथा उनका अदालतका सहयोगीहरूको भिसा रद्द गरिएको घोषणा गरेका थिए ।

भिसा रद्द गरिएका अन्य न्यायाधीशहरूमा लुइस रोबर्टो बारोसो, जोसे एन्टोनियो डियास टोफोली, क्रिस्टियानो जानिन, फ्लाभियो डिनो, कार्मेन लुसिया, लुइज एड्सन फाचिन र गिलमार मेंडेसको नाम त्यहाका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

बोल्सोनारोका कार्यकालमा नियुक्त गरिएका तीन न्यायाधीशहरू आन्द्रे मेंडोन्सा, कासियो नुनेस मार्क्वेस र लुइज फुक्सले भने प्रतिबन्धबाट छुट पाएको बताइएको छ ।

राष्ट्रपति लुलाले अमेरिकाको यो कदमलाई “अनैतिक र आधारहीन हस्तक्षेप” भन्दै कडा आलोचना गरेका छन्।

९ जुलाईमा ट्रम्पले ब्राजिलबाट आउने सम्पूर्ण वस्तुहरूमा ५० प्रतिशत भन्सार लागु गर्ने घोषणा गरेका थिए । यसले ब्राजिलमा राष्ट्रवादी आक्रोश फैलाएको छ । लुलाले उक्त कदमलाई “स्वीकार्य नभएको ब्ल्याकमेल” भनेका छन्।

यस व्यापारिक युद्धको असर बोल्सोनारो समर्थक क्षेत्रहरू विशेष गरी साओ पाउलोमा कफी उत्पादक र पशुपालन व्यवसायमा पर्नेछ ।

बोल्सोनारोका सांसद छोरा एडुआर्डोले रुबियोको निर्णयलाई समर्थन गर्दै “स्वतन्त्र अभिव्यक्तिको पक्षमा गरिएको यो लडाइँका लागि धन्यवाद । हामी समान मूल्यमा विश्वास गर्छौं ” भनेका छन ।

उनी फेब्रुअरीदेखि अमेरिका बस्दै आएका छन् । आफ्ना पिताको मुद्दामा अमेरिकी अधिकारीहरूलाई मनाउन लागिरहेका छन् ।

बोल्सोनारो पक्षले ट्रम्पको हस्तक्षेपलाई स्वागत गरे पनि व्यापार करको निर्णयले उनीहरूको आधार क्षेत्रमै नकारात्मक असर पारेको विश्लेषकहरूले बताएका छन्।

अमेरिकी ट्रम्प प्रशासनको हस्तक्षेप, भिसा प्रतिबन्ध र व्यापारिक दबाबले ब्राजिलको राजनीतिमा विवादास्पद मोड ल्याएको छ ।

बोल्सोनारोको रक्षामा देखिएको यो अमेरिकी समर्थनले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा गम्भीर प्रश्न उठाएको विश्लेषकहरुले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com