मार्क जुकरबर्गविरुद्ध शेयरधनीहरूले किन मागे ८ बिलियन डलर क्षतिपूर्ति ?
प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार
मेटा प्लेटफर्म्सका शेयरधनीहरूले कम्पनीका सीईओ मार्क जुकरबर्गविरुद्ध मुद्धा दायर गरेका छन । उनी सहित हाल र पूर्व उच्च नेतृत्वविरुद्ध दायर गरेको ८ बिलियन डलर बराबरको मुद्दाको सुनुवाइ सुरू भएको छ ।
उनीहरूमाथि फेसबुक प्रयोगकर्ताहरूको डाटा गैरकानुनी रूपमा संकलन गरेको आरोप छ । अमेरिकी फेडरल ट्रेड कमिशन सँग सन् २०१२ मा गरिएको सम्झौताविपरीत भएको मुद्धामा दाबी गरिएको छ ।
जो बाइडेनको कार्यकालमा ह्वाइट हाउसका चिफ अफ स्टाफ रहेका जेफ्री जाइण्ट्स ले सन् २०१८ को मे महिनादेखि दुई वर्ष मेटाको निर्देशकको रूपमा काम गरेका थिए । उनी नै पहिलो साक्षीको रूपमा अदालतमा उभिने अपेक्षा गरिएको छ ।
यो मुद्दाको सुनुवाइ डेलावेर चान्सरी अदालतकी मुख्य न्यायाधीश क्याथलीन म्याककोर्मिक समक्ष गैर जूरी प्रणालीअन्तर्गत हुँदैछ।
मुद्दामा मार्क जुकरबर्गसहित अर्बपति प्रतिवादीहरूमध्ये पूर्व प्रमुख संचालन अधिकृत शेरिल स्यान्डबर्ग, भेन्चर क्यापिटालिस्ट र बोर्ड सदस्य मार्क एन्ड्रीसन, र पूर्व बोर्ड सदस्यहरू पिटर थिल का सह(संस्थापक र रिड ह्यास्टिङ्स का सह संस्थापकको पनि बयान हुने बताइएको छ।
प्रतिवादीहरूका वकिलले टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनीहरूले मुद्दामा लगाइएका आरोपहरूलाई “चरम” भनेका छन्।
अदालतमा प्रस्तुत हुने प्रमाणहरूले फेसबुकले एफटीसी सम्झौतासँगको अनुपालन सुनिश्चित गर्न बाह्य परामर्शदाता राखेको थियो, र फेसबुक आफैं केम्ब्रिज एनालिटिका को धोखाधडीको शिकार भएको थियो भन्ने दाबीलाई बाहिर ल्याउने अपेक्षा गरिएको छ ।
यो मुद्दा सन् २०१८ मा सुरु भएको हो । करोडौं फेसबुक प्रयोगकर्ताहरूको डाटा केम्ब्रिज एनालिटिकाले पहुँच पाएको भन्दै यो घटनाको खुलासा भएको थियो।
यो कम्पनीले सन् २०१६ मा डोनाल्ड ट्रम्पको सफल राष्ट्रपतीय चुनाव अभियानका लागि काम गरेको थियो।
एफटीसी सँगको २०१२ को सम्झौता उल्लंघन गरेको ठहर गर्दै फेसबुकलाई ५ अर्ब डलर जरिवाना गरेको थियो ।
शेयरधनीहरूले मेटालाई परेको यो एफटीसी जरिवाना र अन्य कानुनी खर्च प्रतिवादीहरूले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। कुल रकम ८ बिलियन डलरभन्दा बढी भएको उनीहरूको दाबी छ ।
मेटा भने यो मुद्दामा प्रतिवादी छैन । मेटाले आफ्नो वेबसाइटमा २०१९ पछि प्रयोगकर्ता गोपनीयताको सुरक्षामा अर्बौं डलर लगानी गरिएको जनाएको छ ।
यस मुद्दामा शेयरधनीहरूले मार्क जुकरबर्गमाथि केम्ब्रिज एनालिटिका काण्डले कम्पनीको सेयरमा नकारात्मक असर पार्ने अनुमान गरी उनले आफ्नो सेयर बिक्री गरेको र त्यसबाट कम्तीमा १ बिलियन डलर कमाएको आरोप लगाएका छन् ।






