इलिनोयमा पसलमा चोरीको घटनापछि अमेरिकी भिसा हुने भारतीयहरूलाई दूतावासको चेतावनी


प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार

a target store with cars parked in front of it

टार्गेट स्टोरको प्रतिनिधिमूलक तस्वीर। तस्वीर: शाबाज उस्मानी

इलिनोयमा पसलमा चोरीको घटनापछि अमेरिकी दूतावास नयाँ दिल्लीले अमेरिकाको भिसा हुने भारतीय नागरिकहरूलाई चेतावनी दिदै यदि उनीहरूले अमेरिकी भूमिमा गम्भीर अपराध गरेमा उनीहरूको अमेरिकी भिसा रद्द हुन सक्ने बताएको छ । अमेरिकाको इलिनोयमा रहेको टार्गेट स्टोरबाट करिब १३ सय डलर बराबरको सामान चोरी गरेको आरोपमा एक भारतीय महिलाको प्रहरी बडीक्याम फुटेज अनलाइनमा व्यापक रूपमा सार्वजनिक भएको केही दिनमा यो चेतावनी जारी गरिएको हो ।

महिलाको पहिचान खुलाइएको छैन । तर उनले टार्गेट स्टोरमा धेरै घण्टा बिताएर सामानहरू जम्मा गरेको र बाहिर निस्कने प्रयास गरेको बताइएको छ। स्टोरका कर्मचारीहरूले उनलाई रोकेर प्रहरी बोलाएका थिए । यो घटना मे १ मा भएको भएतापनि प्रहरी अधिकारीहरूको बडीक्याम फुटेज युट्युबमा पोस्ट भएपछि घटनाले चर्चा कमाएको हो ।

भिडियोमा स्टोरका कर्मचारीले ती महिलालाई आफूहरुले चार घण्टादेखि निगरानी गरिरहेको अधिकारीहरूलाई बताएका छन् । ती महिलाले विभिन्न प्रकारका धेरै सामानहरू लिएको भन्दै कर्मचारीहरुले यो निश्चित रूपमा ५०० डलरभन्दा धेरै भएको बताएका छन् ।

पक्राउ परेकी महिलाले प्रहरीसँग बिन्ती गरिरहेको देखिन्छ । उनले तिर्ने मनसाय राखेको र थप कारबाही बिना मामला सुल्झाउन चाहेको बताउँछिन्। तर त्यसका लागि धेरै ढिलो प्रहरीले जवाफ दिएको देखिन्छ । उनलाई पासपोर्ट निकाल्न भन्दा ती महिलाले माफ माग्दै आफू रकम तिर्न तयार भएको बताउँछिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिलालाई हतकडी लगाएर प्रहरी स्टेशन लगिएको थियो । भिडियोमा एक महिला प्रहरीले के भारतमा चोरी गर्न अनुमति छ ? भनेर सोध्दै आफूलाई त्यस्तो नलाग्ने प्रतिकृया समेत दिएकी छिन् । फुटेजमा प्रहरीहरूले महिलालाई फेलोनीको अभियोग लाग्न सक्ने बताएका छन् ।

यो घटनापछि भारतमा रहेको अमेरिकी दूतावासले सामाजिक सञ्जालमा सार्वजनिक सल्लाह जारी गर्दै अमेरिकामा हमला, चोरी वा डकैती गर्नाले कानुनी समस्यामा मात्र पार्ने नभई भिसा रद्द हुन सक्ने र भविष्यमा अमेरिकी भिसाको लागि अयोग्य बनाउन सक्ने चेतावनी दिएको छ । अमेरिकाले कानुन र व्यवस्थालाई महत्त्व दिने र विदेशी आगन्तुकहरूले सबै अमेरिकी कानुनहरू पालना गर्ने अपेक्षा गर्ने दूतावासले जनाएको छ ।

अमेरिकामा चोरीमा सामान्यतया राज्य कानुनअन्तर्गत मुद्दा चलाइन्छ । तर चोरी भएको सम्पत्तिको मूल्य वा अपराधको सन्दर्भमा आधारित भएर संघीय आरोपहरू पनि लाग्न सक्छ। अमेरिकी कानुनअनुसार, चोरी, हिनामिना र डकैती जस्ता शब्दहरूले विभिन्न प्रकारका चोरीलाई समेट्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com