फेडरल रिजर्भ बैंकका अध्यक्ष पावेललाई बर्खास्त गर्ने सम्भावना अत्यन्तै कम रहेको राष्ट्रपति ट्रम्पको दाबी


प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने सम्भावना अत्यन्तै कम रहेको बताएका छन । यो टिप्पणी उनले सांसदहरूसँग पावेललाई हटाउने विषयमा सुझाव मागेको केही घण्टापछि आएको हो।

ट्रम्पले रिपब्लिकन सांसदहरूसँग पावेललाई हटाउने विचार राखेपछि बजारमा असर परेको थियो । शेयर बजार र अमेरिकी डलर केही कमजोर भए पनि ट्रम्पले त्यस विचारलाई सानो रुपमा प्रस्तुत गरेपछि बजार पुन स्थिर भएको छ ।

फेडरल रिजर्भका अध्यक्षलाई हटाउने निर्णय ऐतिहासिक रूपमा दुर्लभ र महत्वपूर्ण हुन्छ । ट्रम्पले पावेलमाथि लामो समयदेखि ब्याजदर घटाउन दबाव दिँदै आएका छन् । उनले पावेललाई ‘बेवकूफ’ भनेर टिप्पणी गर्दै ‘उनले नराम्रो काम गरिरहेका’भनेका थिए ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भनेस् ‘मैले पावेललाई हटाउने विषयमा पुन छलफल उठाएको हुँ, तर अहिले केही गर्ने योजना छैन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पका सहयोगीहरूले पनि पावेलविरुद्ध आवाज उठाउन थालेका छन्। फेडको सम्पत्ति मर्मतसम्भारमा भएको खर्चको आलोचना गर्दै, ट्रम्प प्रशासनले उनलाई खराब व्यवस्थापकको आरोप लगाएको छ।

गत साता बजेट निर्देशक रस्सेल वाउटले वाशिङ्टनस्थित फेडको भवन मर्मतमा भएको २ अर्ब डलरको लागत वृद्धि सम्बन्धी छानबिनको माग गरेका थिए । ट्रम्पले पनि यसलाई ‘कुनै हदसम्म बर्खास्त हुने कारण’ भनेका थिए।

विश्लेषकहरूले यी आक्रोशहरूबाट ट्रम्प प्रशासन पावेलविरुद्ध मुद्दा तयार गर्दैछ भन्ने संकेत देखिने टिप्पणी गरेका छन् । फेडरल रिजर्भ अमेरिकी संसदद्वारा स्थापना गरिएको स्वतन्त्र संस्था हो । जसले ह्वाइट हाउसबाट स्वतन्त्र रूपमा मौद्रिक नीति बनाउने अधिकार राख्छ ।

पावेलको दोस्रो कार्यकाल सन् २०२६ को मेमा समाप्त हुने छ । त्यसपछि उनी २०२८ सम्म फेडका गभर्नरको रूपमा रहने अधिकार राख्छन्।

संघीय कानुनअनुसार, राष्ट्रपतिले ‘गम्भीर कारण’ देखिएमा मात्र फेडका गभर्नरलाई कार्यकाल समाप्त हुनु अघि हटाउन सक्छन् । नीतिगत असहमति त्यस्तो ‘गम्भीर कारण’मा पर्दैन।

ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै पावेलको आलोचना गर्दै ब्याजदर घटाउन दबाब दिँदै आएका थिए । तर सधैंजसो लगानीकर्ताको चासोलाई ध्यानमा राख्दै उनले अन्तिम समयमा पावेललाई हटाउने विचारबाट पछि हटेका छन्।

पावेल सन् २०१७ मा ट्रम्पद्वारा नियुक्त भएका थिए । जसले त्यसबेला बाराक ओबामाकी नियुक्त जन्यट येलेनको स्थान लिएका थिए । पूर्व राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा उनको कार्यकाल थप बढाएका थिए।

ट्रम्प र उनका सहयोगीहरूले पावेलमाथि आक्रमण सुरु गरेका छन्। पावेललाई हटाउने प्रयासले नीतिगत स्वतन्त्रता, बजार स्थायित्व र लगानीकर्ताको आत्मविश्वासमा गम्भीर असर पार्न सक्छ भन्ने अर्थशास्त्रीहरूको चेतावनी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com