अमेरिकामा कोकाकोलाले पेय पदार्थमा प्राकृतिक उखुको चिनी प्रयोग गर्ने


प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोकाकोला कम्पनीले अब अमेरिकी बजारमा बेच्ने आफ्नो पेय पदार्थमा रियल केन सुगर अर्थात प्राकृतिक उखुको चिनी प्रयोग गर्ने दाबी गरेका छन ।

हाल अमेरिकामा बिक्री हुने अधिकांश कोकाकोलामा हाई फ्रक्टोज कर्न सिरप प्रयोग हुने गरेको छ । धेरैजसो युरोप र अन्य देशहरूमा प्रयोग हुने केन सुगरभन्दा यो फरक हुन्छ ।

तर ट्रम्प प्रशासनका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले कर्न सिरपको प्रयोगले गर्ने स्वास्थ्य असरप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।

ट्रुथ सोसलमा लेखिएको पोस्टमा ट्रम्पले भने ‘ूमैले कोकाकोलासँग अमेरिकामा रियल केन सुगर प्रयोग गर्नबारे कुराकानी गरेको थिएँ, र उनीहरूले यसमा सहमति जनाएका छन् । म कोकाकोलाका सबै जिम्मेवार अधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि कोकाकोलाले स्पष्ट रूपमा नयाँ चिनी प्रयोगको पुष्टि नगरे पनि, एक प्रवक्ताले भने,’हामी राष्ट्रपति ट्रम्पको उत्साहको कदर गर्छौं । हाम्रो कोकाकोला उत्पादन दायरामा नयाँ र नविन विकल्पहरूबारे छिट्टै जानकारी दिनेछौं।’

ट्रम्पले थप लेखेस् ‘यो उनीहरूको राम्रो निर्णय हुनेछ ( तपाईंहरू देख्नु हुनेछ। यो अझ राम्रो हो)’

हाल अमेरिका बाहेक, मेक्सिको, बेलायत र अष्ट्रेलियाजस्ता देशहरूमा बिक्री हुने कोकाकोलामा सामान्यतया केन सुगर प्रयोग गरिन्छ ।

यसअघि अप्रिल महिनामा कोकाकोलाका सीईओ जेम्स क्विन्सीले लगानीकर्ताहरूलाई पेय पदार्थहरूमा चिनीको मात्रा घटाउने काममा प्रगति गरिरहेको बताएका थिए ।

तर यदि अमेरिकामा कोकाकोलाले केन सुगर प्रयोग गर्न सुरु गर्यो भने, यसले त्यहाँका मकै किसानहरूलाई असर पुर्याउने सम्भावना छ।

कर्न रिफाइनर्स एसोसिएसनका अध्यक्ष तथा सीईओ जोन बोडेले भने ‘हाई फ्रक्टोज कर्न सिरपलाई केन सुगरले प्रतिस्थापन गर्दा हजारौं अमेरिकी खाद्य उद्योगका रोजगारी गुम्नेछन्, किसानहरूको आम्दानी घट्नेछ, विदेशी चिनी आयात बढ्नेछ, र यसले कुनै पोषणात्मक लाभ पनि दिने छैन।’

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियर र उनको ‘मेक अमेरिका हेल्दी अगेन’ अभियानले कर्न सिरप, सिड आयल, र कृत्रिम रंगजस्ता सामग्री हटाउन उद्योगहरूलाई आग्रह गर्दै आएका छन् । उनीहरूले यी पदार्थहरूलाई विभिन्न स्वास्थ्य समस्यासँग जोड्दै आएका छन् ।

केनेडी चिनीको अत्यधिक प्रयोगप्रति पनि आलोचक छन् । उनले यो गर्मीमा अमेरिकाको राष्ट्रिय आहार दिशानिर्देश अद्यावधिक गर्ने योजना बनाएका छन्।

ट्रम्प स्वयं डाइट कोकका नियमित उपभोक्ता हुन् । उनले ओभल अफिसको डेस्कमा एउटा बटन जडान गराएका थिए । जसबाट उनलाई डाइट कोक सर्भ गरिन्थ्यो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com