अमेरिकाले लगाउने केही आयात कर क्यानडाले स्वीकार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री कार्नीको भनाई


प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार सम्झौतामा पुग्नका लागि क्यानडाले केही ट्यारिफहरु स्वीकार गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन ।

ओटावामा क्याबिनेट बैठकअगाडि पत्रकारहरूसँग बोल्दै कार्नीले राष्ट्रपति ट्रम्पले गरेका सबै व्यापार वार्ताहरूमा अहिलेसम्म ट्यारिफ समावेश भएको जानकारी दिए ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १ अगस्तदेखि क्यानडाली वस्तुहरूमा ३५ प्रतिशत शुल्क लगाइने घोषणा गरेका थिए ।

ट्रम्पले जनवरीमा पद सम्हालेयता क्यानडामाथि निशानायुक्त ट्यारिफ र विश्वव्यापी शुल्कहरू लगाउँदै आएका छन् । जसले क्यानडाका केही प्रमुख उद्योगहरूलाई गम्भीर असर पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको जवाफमा क्यानडाले पनि प्रतिकारात्मक उपायहरू लागू गरेको छ । कार्नीले अमेरिकासँगको सम्झौतामा ट्यारिफ स्वीकार गर्न तयार छन् वा छैनन् भन्ने स्पष्ट भने गरेनन्।

तर उनले जी सेभेन शिखर क्यानडाको हितमा हुने सम्झौतामा मात्रै हस्ताक्षर गर्ने बताएका थिए । यदि क्यानडा र अमेरिकाबीच सम्झौता हुन सकेन भने थप प्रतिकारात्मक शुल्क लगाउन तयार रहेको संकेत पनि कार्नीले दिएका छन्।

क्यानडामाथिको ३५ प्रतिशत ट्यारिफका अतिरिक्त ट्रम्पले स्टील र एल्युमिनियम आयातमा ५० प्रतिशत शुल्क , अमेरिकाबाहिर बनेका सबै कार तथा ट्रकमा २५ प्रतिश शुल्क र आगामी महिना लागू हुने गरी तामा आयातमा ५० प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन ।

क्यानडाले आफ्नो करिब ७५ प्रतिशत वस्तुहरू अमेरिका निर्यात गर्छ । यो देश अटोमोबाइल उत्पादन केन्द्र तथा धातुहरूको प्रमुख आपूर्तिकर्ता भएकोले यस्ता शुल्कहरूले ती क्षेत्रहरूमा गहिरो असर पार्ने देखिएको छ।

अमेरिका, क्यानडा र मेक्सिकोबीचको धेरैजसो व्यापार थप शुल्कबाट मुक्त छ। रॉयल बैंक अफ क्यानडाको पछिल्लो रिपोर्टअनुसार अप्रिलदेखि क्यानडाको अमेरिकी निर्यात घटेको भए पनि कुश्माको पालना भने बढेको छ।

अमेरिकातर्फ जाने क्यानडाली निर्यातमध्ये ९१ प्रतिशत वस्तुहरू ट्यारिफबिना सीमा पार गरिरहेका अमेरिकी जनगणनाको तथ्याङ्क उद्धृत गर्दै बैंकले बताएको छ।

क्यानडा–अमेरिका व्यापार वार्ता अझै खुला रहेको छ । तर सम्झौतामा पुग्नका लागि क्यानडाले केही कठिन निर्णय लिनुपर्ने सम्भावना पनि रहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com